press-manch
हुलाकी न्यूज, वीरगंज १२ पुस ।
प्रेस मंच नेपालको प्रथम महाधिवेशन यही पुस महिनाको अन्तिम साता वीरगन्जमा हुने तय भएको छ ।

राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीको भ्रातृ संगठनको रुपमा रहेको मंचले “पूर्ण प्रेस स्वतन्त्रता, समावेशी प्रेस जगत एवं मधेशी पत्रकारहरुको अवाज” भन्ने मूल नाराका साथ प्रथम महाधिवेशन गर्दैछ ।

वीरगन्जमा आगामी २६ र २७ गते प्रथम महाधिवेशन हुने जनाइएको छ । काठमाडौं उपत्यका लगायत देशभरिका २५ जिल्लाबाट करिब तीन सय सक्रिय पत्रकारहरुको उपस्थिति रहने दुई दिवसीय सो महाधिवेशनको उद्घाटन सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले गर्ने प्रेस मंच नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.