annapurna-post-jalaaiyo
बारा: मधेसी मोर्चाका कार्यकर्ताहरुले अन्‍नपूर्ण पोस्ट् ‌दैनिक पत्रिका जलाएका छन्। वीरगञ्‍ज र कलैया जाँदै गरेको अन्‍नपूर्णको गाडीलाई बाराको परवानीपुरमा रोकेर पत्रिका जलाइ दिएका हुन्।

नीहरुले पत्रिका निकालेर बिहान ७:३० बजे अन्‍नपूर्ण पत्रिका जलाइ दिएको अन्‍नपूर्णका पत्रिकाका चालक बालकुमार चौहानले बताए।
उनले भने, ‘बिहानै पत्रिका लिएर गाडीमा लिएर जाँदै थिए, बाटैमा २०/३० जनाको समूह आएर गाडी रोक भने। गाडी रोक्‍ने बित्तिक्‍कै चढेर पत्रिका निकालेर जलाइ दिए। मैले केही भन्‍न सक्ने अवस्था थिएन।उल्टै गाली गरे उनीहरुले।’

उनका अनुसार अन्‍नपूर्ण पत्रिकासँगै हिमालयन टाइम्‍स दैनिक पनि जलाएर गाडीलाई फिर्ता पठाइ दिएका छन्।

यस्तै काठमाडौंबाट जाने अन्‍य राष्ट्रिय दैनिक पत्रिकाहरुको गाडी समेत डरले बीच बाटैबाट गाडी फर्काएका छन्।

मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि बन्द गरेर सडकमा प्रदर्शन गरिरहेका छन्। – अन्‍नपूर्ण पोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.