
हुलाकी न्यूज, धादिङ १२ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुरानै संरचनाअनुसार स्थानीय तहको निर्वाचन गराउनुपर्ने प्रस्ताव नेपाली कांग्रेसले गरेको बताएका छन् ।
नेपाल प्रेस युनियन धादिङले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले स्थानीय तहको निर्वाचन गराउन आयोगले निर्धारण गर्न खोजेको गाउँपालिका र नगरपालिकाको संख्यामा सबै सहभागी हुने अवस्था नरहेको र प्रदेश नं २ मा छलफल नै हुन नसकेकाले यस्तो स्थितिमा स्थानीय तहको निर्वाचन गराउन समस्या पर्ने बताए ।
उनले संविधानप्रति असन्तुष्टि प्रकट गरिरहेका मधेशकेन्द्रित दललाई संविधान कार्यान्वयनमा सहभागी बनाउन र अपनत्वका दिलाउनका लागि संविधानको संशोधन प्रस्ताव ल्याइएको बताए ।



