
अर्कना खातुन, बाँके, ११ पुष । हुन त समाज सेवा गर्न आफु वरिपरिको समाज नै हुन पर्छ वा खोज्नु पर्छ भन्ने जरुरी छैन् । तर भन्ने हो भने जहाँ सरकारको ध्यान जानु पर्ने हुन्छ त्यहाँ सरकारको ध्यान कहिल्यै जाँदैन् । हरेक ठाउँमा आम नागरिकको ध्यान मात्र गैरहेको देख्छौ । कारागार जस्तो ठाउँमा कसरी सरकारको ध्यान नगएको होला त ? जाडो बढ्दै गएकोले बाँके जिल्लाको कारागारका कैदीहरुले चिसो भएको गुनासो गरेका थिए । कैदीहरु चिसो खेप्न बाध्य भएका सुनाए ।
सोमबार कारागार भित्र नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एंव मुस्लिम समूदायका अगुवा मोहम्मद हारुन हल्वाईको पहलमा नेपाल ज्वैलर्सका संचालक सकिल अहमद जसगढले अति विपन्न कैदीका लागि २ सय कम्बल कारागार भित्र एक कार्यक्रम गरि प्रमुख जिल्ला अधिकारी रबिलाल पन्तलाई हस्तान्त्रण गरे । पन्तले भने, ‘सरकारले मौसम अनुसार कैदीलाई चाहिँदो लुगा फाटो तथा बस्न सुत्नु सहज हुने गरि ब्यवस्था गर्नु पर्ने बताए । साथै सकिल कादरीले गरेको कार्यको प्रसंशा समेत गरे ।’
सो कार्यक्रममा मुस्लिम राजनितिक बिश्लेषक महेबु अली इदरीसीले मानवताको सेवा सर्बोत्तम सेवा भएको बताउदै समाजमा रहेको द्धन्दलाई समाधान गर्न महात्वपूर्ण भूमिका निर्वाह गर्ने जिकिर गरे ।

त्यसैगरि पत्रकार मोहम्मद हारुनले समाजमा गल्ती गरेकाहरु कानुनी दायरामा आईसके पछि तिनीहरुलाई साकारात्मक दृष्टिकोणले हेर्नु पर्ने बताउदै कैदीको पनि मानव अधिकारको सम्मान गर्न सबैसंग अपिल गरे । यस्तै एसपी टेक प्रसाद राईले खुल्ला कारागारका अवधारणा आईसकेकोले सबै बन्दीलाई सम्मान पूर्वक बाच्ने अधिकार रहेको बताउनु भयो ।
वितरण कार्यक्रममा प्रमुख अतिथिमा प्रमुख जिल्ला अधिकार रबिलाल पन्त रहेका थिए । भने अन्य अतिथिहरु बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक टेक प्रसाद राई, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक राजु अधिकारी, मुस्लिम राजनितिक बिश्लेषक महेबु अली इदरीसी, माओबादी केन्द्रका पोलिट व्युरो सदस्य अतहर हुसेन फारुकी, जामा मस्जिदका निर्वतमान अध्यक्ष रहमान मिँया, तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) का उप क्षेत्रीय प्रमुख आलम खान, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष रुद्र सुबेदी लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।



