manch-1
हुलाकी न्यूज, काठमाडौं १० पुस । पहिलो महाधिवेशनको तयारीमा प्रेस मञ्च जुटेको छ । पर्साको बीरगञ्जमा पुसको अन्तिम सातातिर महाधिवेशन हुने गरी तयारी भइरहेको सहसंयोजक विन्दकिशोर साहले हुलाकी न्यूजलाई बताए ।

साहका अनुसार महाधिवेशनसम्मका लागि मञ्चको केन्द्रीय तदर्थ समितिलाई विस्तार गरिएको छ । संतोष पटेलको अध्यक्षतामा २५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

काठमाडौँस्थित मञ्चको केन्द्रीय कार्यालयमा पुस ८ र ९ गते सम्पन्न मञ्चको बैठकबाट विस्तार गरिएको तदर्थ समितिको उपाध्यक्षमा द्वय आशिष गुप्ता र विन्दकिशोर साह रहेका छन् ।

त्यस्तै, महासचिव विश्वनाथ ठाकुर (सर्लाही), सचिव बटुकनाथ झा (धनुषा), कोषाध्यक्ष एस.एम. जहागस्त (पर्सा) र सहकोषाध्यक्ष रंजन भण्डारी (महोत्तरी) रहेका छन् । केन्द्रिय सदस्यहरुमा प्रवेश चौधरी (बारा), रामएकवाल साह (रौतहट), रमेश सिंह (रौतहट), दिनेश यादव (रौतहट), दिपिका साह (महोत्तरी), रामविकास चौधरी (रुपनदेही), अंकुश श्रीवास्तव (कपिलवस्तु), चन्दन यादव (सप्तरी), रामअधिन साह (सप्तरी), राधा मंडल (मोरङ्ग), विरेन्द्र नेपाल (सिरहा), विरेन्द्र यादव (सिरहा), गोपाल गुप्ता (सिरहा), विजय यादव (सिरहा), उदय राज जैशवाल (बाँके), सन्दीप वैश्य (बर्दिया), स्वरुप चौधरी (कैलाली) रहेका छन् । चन्दन रौनियार प्रेस मंच सुनसरी शाखा ईन्र्चाजको जिम्मेबारी दिइएको छ ।

त्यस्तै, प्रेस मञ्चका केन्द्रिय सल्लहाकारहरुमा शुकेश्वर पाठक, सिताराम अग्रहरी, बिरेन्द्र के.एम, राजकुमार यादवलाई चयन गरिएको छ । अध्यक्ष पटेलको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथिमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सहभागी थिए भने अतिथिहरुमा सह–अध्यक्ष एवं सांसद लक्ष्मण लाल कर्ण, वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह, केन्द्रिय महासचिव मनिष कुमार सुमन, सह महासचिव एवं पूर्व राज्य मन्त्री सुरिता साह, प्रवक्त संतोष मेहता, केन्द्रिय सचिव राजाराम पासवान, केन्द्रिय सदस्य उपेन्द्र महतोलगायतको उपस्थिति रहेको थियो । मञ्च सद्भावना पार्टीको शुभेच्छुक संस्थाको रुपमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.