
हुलाकी न्यूज, विराटनगर १० पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केही सीमित व्यक्तिले बनाएको एकल जातीय संविधान नस्वीकार्ने चेतावनी दिएका छन् । मधेशी जनजाति लगायत समग्र उत्पीडित समुदायको मागलाई उपेक्षा गरेर जारी गरिएको संविधान मुलुकको हितमा नभएकोले यसलाई स्वीकार गर्न नसकिने यादवले बताए ।
‘केही व्यक्तिको स्वार्थले जारी गरिएको एकल जातीय संविधानलाई उत्पीडित समुदायले स्वीकार गर्दैर्नौ’ –शनिबार संघीय समाजवादी फोरम नेपाल मोरङ जिल्लाको एकता अधिवेशन समारोहलाई सम्बोधन गर्दै यादवले भने,– ‘यसअघि सात वटा विभेदकारी संविधान खारेज भइसकेको छ, संशोधन गरिएन भने यो संविधान पनि खारेज हुन्छ ।’
विश्व समुदायले समेत यो संविधानलाई त्रुटिपूर्ण छ भनिसकेको अवस्थामा सबैलाई मान्य र सर्वस्वीकार्य हुनेगरि संशोधन गर्नुको विकल्प नभएको यादवले जिकिर गरे । उनले भने,– ‘व्यक्तिगत स्वार्थको लहडमा संविधान जारी गर्दा भएको गल्ती सुधान गर्न आलटाल किन ? हरेक वर्ग, जात, समुदायको माग सम्बोधनका लागि यदि तीन दल गम्भीर छन् भने सबैलाई मान्य हुनेगरि संविधान संशोधन गर्नुको विकल्प छैन ।’
संशोधन मार्फत् सर्वस्वीकार नहुञ्जेलसम्म संविधान कार्यान्वयन हुनै नसक्ने दाबी गर्दै अध्यक्ष यादवले सहमतिका आधारमा संशोधनमा ढिलाई गर्न नहुने सुझाव दिए ।
‘मधेशी, जनजाति लगायत उत्पीडित समुदायलाई अधिकार नदिन एमालेले लुम्बिनी क्षेत्रमा प्रायोजित ढंगले आन्दोलन थालेको छ’– जातीय सद्भाव बिथोल्न एमाले खुलेरै लागेको आरोप लगाउँदै अध्यक्ष यादवले भने,– ‘मधेशको शान्तिपूर्ण प्रदर्शन अन्धाधुन्ध गोली हानी सर्वसाधारण जनताको हत्या गर्ने प्रहरी प्रशासनले बुटवलको कृतिम आन्दोलनमा उल्टै सहयोग गरिरहेको छ, यो भन्दा ठूलो विभेद् अरु के हुन सक्छ ।’
यसैबीच, विराटनगरको एकता अधिवेशनमा फोरम नेपालका तीन जना शीर्ष नेताहरुलाई ३५ किलोको माला लगाएर भव्य स्वागत गरिएको छ । फोरमका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र वरिष्ठ उपाध्यक्ष युवराज कार्कीलाई ३५ किलोको माला लगाइदिएको हो ।
प्रथम एकता अधिवेशनलाई सम्बोध गर्न विराटनगरको हाटखोला मैदानमा आयोजना गरिएको आमसभालाई फोरम मोरङका अध्यक्ष राजकुमार यादवले नेतात्रयलाई माला लगाइ दिएका थिए ।
पार्टी एकीकरणपछि पहिलो पटक मोरङ फोरमको जिल्ला अधिवेशन विराटनगरमा जारी छ । अधिवेशनमा मधेसी समूदाय सहित थुप्रै संख्यामा आदिवासी–जनजाति र खस समुदायको उल्लेख्य सहभागिता छ । अधिवेशनको उद्घाटन समारोहमा आदिवासी–जनजातिहरुले आफ्नो मौलिक बाजा र नाचगान समेत प्रस्तुत गरेका थिए ।




माउत्सेतुङ्गको नेतृत्वमा चीनमा साम्यवाद स्थापना भएको सन् १९४९ देखि अहिले सन् २०१६ सम्मको यो ७० बर्षको समयमा चीन विश्वको शक्ति सम्पन्न राष्ट्रको सूचीमा उभिन पुगेको छ । चीनका कम्युनिष्टहरुको दाँजोमा नेपालमा कम्युनिष्टहरुको तुलना गनैं सकिदैन । नेपालका कम्युनिष्ट भनेका भारतका छौंडा हुन् । नेपालको राष्ट्रियता तथा यसका पहिचानहरुलाई ध्वस्त बनाएर देशको सार्वभौमसत्ता माथि नैं आक्रमक हुने, नेपाली जनताको अपहरण हत्या, आतंक, लुट मच्चाएर जसरी हुन्छ पैसा कमाउने, ठूल्ठूला भवन बनाउने, लुटका पैसाले दादागिरि, गुण्डाहरुको संगठन गरेर शक्ति प्रदर्शन गर्ने, देश डुबोस् वा जेसुकै होस् वा नेपाली जनता मरुन् त्यसको चासो नेपालका कम्युनिष्टहरुलाई पटक्क हुन्न । २०२८ सालपछि नेपालमा उम्रिएको कम्युनिष्ट माले–कम्युनिष्टहरुले सोझा साझा गाँउले जनता, अत्यन्त सोझा गाउँ पञ्चायतका वडा सदस्य बुटन चौधरी, विकासवादी पूर्व सांसद धर्मप्रसाद ढकाल, बिष्णुप्रसाद बिमली, ईश्वरुीप्रसाद चुडाल जस्ता कसैको करय–विग्रह नगरेका समाजसेवी तथा किसानको अनर्थमा टाउको काट्ने त्राइनाम् उपद्रो मच्चाएर कोही जेलमा परे, कोही मारिए ।
भारतीय नेताहरुको सक्रिय उपस्थितिमा विक्रम संवत् २०४६ सालको जनआन्दोलनपछि आम माफी पाएर २०४७ सालपछि माले र माकर््सवादी मिलेर एमाले पार्टीमा परिणत भयो । कांग्रेस र एमालेको सत्ता भ्रष्टीकरण र सर्वसत्तावादको बिरुद्ध त्यस्तै २०५२ सालदेखि कांग्रेस, एमालेको कुशासनको बिरुद्ध देश बनाउन भनेर उठेको जनमोर्चा पछि माओवादीमा परिणत भएपछि नेपालका कम्युनिष्टहरु भारतीय दलाल, देशद्रोही अपराधीको रुपमा उभिए । कसैले चीनियाँ कम्युनिष्टसँग नेपालका कुख्यात कम्युनिष्टहरु दाँजिन चहान्छन् भने थुइक्क गरिदिए हुन्छ । २०६३ सालपछिका कम्युनिष्ट, कांग्रेस लगायत नेपालका सबै पार्टीहरु भ्रष्ट, नाफाखोरी र भारतीय गुप्तचर र इसाईहरुका भरियाका रुपमा चिनिएका छन् । नेपालमा ’रअ‘, सीआए, इयू जवरजस्त धर्मनिरपेक्ष र गणतन्त्र घोषणा गरेको यो १० बर्षमा नेपाल अराजक भ्रष्टहरुको मुलुक भएको छ । यसरी १०बर्षदेखि देशलाई लथालिङ्ग बनाएर देशभित्र ब्रम्हलुट मच्चाउने कम्तीमा पनि दुईहजार भ्रष्टहरु छानवीन गरी लुटेको सम्पत्ति राष्ट्रियकरण गरिनु पर्छ । जुन शक्तिकेन्द्रले राप्रपाहरुको एकता गरायो त्यही शक्तिकेन्द्रले प्रचण्ड + बाबुरामको+ मधेशवादी+ जनजाति को कार्यगत एकता गराउदै एकता गरायो । संयुक्त राप्रपाले हिन्दु राष्ट्र मात्र वकालत गर्ने कुरा गर्छ र राजसंस्था जस्तो राष्ट्रको सार्वभौमसत्ता, एकताको मेरुदण्ड जस्तो संस्थाको बारेमा महाअधिवेसनमा मात्र प्रस्ताव गर्ने प्रस्ताव गर्छ भने महाअधिवेसनमा बरु राजसंस्था बारेमा कुरा नउठाइयोस् । राजसंस्थाको बारेमा मौन बस्ने हो र राप्रपाले हिन्दु राष्ट्र मात्र मान्छ भने नेपालको सार्वभौमसत्ता समाप्त गराउँदै २०६३ सालपछि अनेकौं षडयन्त्र गरेर यो देवभूमि हिन्दु स्थललाई समाप्त गर्न भारतीय कांग्रेस (आई) र उसको गुप्तचर संस्था ‘रअ’ र इयूले चाहेकै बाटो लिने हो भने गणतन्त्र, धर्मनिरपेक्षको बाटो लिनु नैं एकीकृत राप्रपाको लागि राम्रो हुन्छ ।
-दीर्घराज प्रसाई