dr-thakur

हुलाकी न्यूज,  महोत्तरी, ८ पुस । शुत्रबार महोत्तरी जिल्लाको धीरापुरमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई स्वास्थ्य मन्त्रालयका पूर्व सहसचिव डा गरिबदास ठाकुरले रु १० लाखको जग्गा दान गरेका छन् ।

विद्यालय प्रशासनको आग्रहमा डा ठाकुरले सो विद्यालयलाई चार कट्ठा जग्गा दान गरेका स्थानीय रामलोचन ठाकुरले बताए । विद्यालयमा भवन तथा खेल मैदानको लागि जग्गा अभाव रहेकोले थाहा भएपछि सो जग्गा डा ठाकुरले दानमा दिएका हुन् ।

सो जग्गामा विद्यालय प्रशासनले केही दिनभित्रै भवन निर्माण गर्ने तथा बाँकी जग्गा खेल मैदानमा प्रयोग गर्ने जनाएको छ ।
हालसालै स्वास्थ्य मन्त्रालयको सहसचिवबाट अवकाश प्राप्त गरेका डा ठाकुरले आफ्नो जन्मभूमि एवम् पैतृक गाउँको जमिन विद्यालयलाई प्रदान गरेर सेवा गर्न पाउँदा निक्कै खुसी लागेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.