bijay-kumar-gachchhadar
हुलाकी न्यूज, काठमाडौं ८ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाभन्दा बाहिर रहेको मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) पनि संविधान संशोधन प्रस्तावको समर्थनमा देखिएको छ । फोरम लोकतान्त्रिकले औपचारिक रुपमा घोषणा नगरे पनि उसले अहिलेको प्रस्तावलाई समर्थन गर्ने जनाएको छ । पार्टीका अधिकांश नेताहरुले अहिलेको संशोधनलाई पारित गरि अगाडि बढ्नु पर्ने धारणा राखेका छन् ।

संशोधन प्रस्तावमाथि छलफलका लागि फोरम लोकतान्त्रिकले पुस १२ र १३ गते पार्टीको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरेको छ । पार्टी सचिव भरतेन्दु मल्लिकका अनुसार संशोधन विधेयकका विषयमा पार्टीको बैठकबाट औपचारिक निर्णय लिइनेछ ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै उनले संशोधन प्रस्ताव सकारात्मक रहेको बताउँदै पक्ष मै निर्णय आउने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.