ramasap
हुलाकी न्यूज, महोत्तरी ६ पुस ।
शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सदस्यसहित चार दर्जन नेता कार्यकर्ताहरु राजीनामा दिएका छन् ।

चार दर्जन कार्यकर्ताहरुले बुधबार एक विज्ञप्ति जारी गर्दै कार्यकर्ताहरुमाथि विभेद गरेको आरोप लगाएका छन् ।

रामसपाका केन्द्रीय सदस्य तथा पूर्वजिल्ला संयोजक बैकुण्ठ यादव, पूर्वकेन्द्रीय कार्यालय सचिव तथा केन्द्रीय सदस्य विरेन्द्रकुमार उपाध्याय, पूर्वजिल्ला सचिव चन्दन दुवे, पूर्वजिल्ला कार्यसमिति सदस्य महादेव चौधरीसहित क्षेत्रीय सदस्यहरु तथा गाउँ कमिटीका पदाधिकारी रहेका छन् ।

पार्टी परित्याग गरेकाहरुमा केही चाकरीबाज, अवसरवादी तथा गैरराजनीतिक किसिमका व्यक्तिहरुले पार्टीको केन्द्रीय नेतृत्वलाई नै आफ्नो प्रभावमा पारी पार्टीको विधान र घोषणापत्र प्रति जवाफदेहिता नलिई कार्यकर्ताहरुमाथि विभेद गरेको भन्दै पार्टी परित्याग गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.