हुलाकी न्यूज, जनकपुर, ४ असोज । संविधान जारी भएसँगै शोकले दुई जनाको मृत्यु भएको छ । महोत्तरीमा एक जनाले आत्महत्या गरेका छन् भने सप्तरीमा एक जनाको हृदयाघातका कारण मृत्यु भएको छ ।

जनकपुरका पत्रकार शैलेन्द्र महतोले जनाए अनुसार लामो समयदेखि मधेशमा आन्दोलन हुँदा पनि मधेशीको मागलाई उपेक्षा गरी संविधान जारी भएको भन्दै आन्दोलनमा सक्रियपूर्वक लागेका महोत्तरीको गौशाला नगरपालिका ५ बस्ने ५० वर्षीय रामप्रदिप महतोले आँपको रुखमा झुण्डेर आत्महत्या गरेका छन् ।

उनी सद्भावना पार्टीका स्थानीय सक्रिय कार्यकर्ता थिए । महतोले देशमा मधेशीहरुको कुनै हैसियत नभएको भन्दै यो संविधान जारी भएको खण्डमा आत्महत्या गर्ने बताएका थिए । त्यही अनुरुप उनले आईतबार अबेर राति घरबाट लगभग ५० मिटर पर रहेको आँपको रुखमा झुढिडएर आत्महत्या गरेको स्थानीयहरुको भनाई छ ।

त्यस्तै, जनताको भावनालाई कदर गरी राष्ट्रपतिले संविधान जारी गर्दैनन् भनी विश्वास ब्यक्त गर्ने सप्तरी सिम्लाहा सिडिवन गाविस निवासी नेतिलाल यादवको हृदयघातका कारण मृत्यु भएको हो । यादव संघीय समाजवादी फोरम, नेपालका सदस्य रहेको बुझिएको छ । उनी पनि विगत एक महिनादेखि जारी आन्दोलनमा सक्रियताका साथ लागेका थिए ।

टेलिभिजनमार्फत जनभावना बिपरित संविधान घोषणा भएको सुन्ने बित्तिकै हृदयघात भइ ढलेका यादवको सोमबार मृत्यु भएको पार्टी महासचिव रामसहाय प्रशाद यादवले बताएका छन् ।

2 COMMENTS

  1. I urge all people from terai to not just flow in emotion…The situation is political, do not take it personally. The situation will be alright in coming days… Protest peacefully with playcards and black flags. The discrimination will end for sure and we all will be able to live in peaceful Nepal, else ir the situation turns worse, we will live in independent Madhesh!!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.