
राजकरण महतो, बर्दिबास ६ पुस । गरिव तथा विपन्न समुदायको बसोबास रहेको महोत्तरीको बर्दिबास नगरपालिका—२ स्थित मुसहर बस्तीमा तीन पुस्तापछि बल्ल खाने पानी पुगेको छ ।
वर्षौंदेखि खानेपानीको चरम समस्या भोग्दै आएकी मानकीले थापेको गाग्रोमा महोत्तरी क्षेत्र नम्बर १ का संसद तथा पूर्व शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले धाराको टुटी खोलेर मुसरह बस्तीको प्रतिनीधित्व गर्दै उद्घाटनको पानी थापिन् ।
बस्तीकी ४५ बर्षीय मानकी सदाको लागि सोमबार जीवनको सबै भन्दा अविस्मरणीय दिन रह्यो । पुस्तौंपछि उनको आगनमा पुगेको धाराबाट खानेपानी थापेर धिक मरुन्जेल पानी खाएर तिर्खा मेटाएन् ।
पहिला बस्ती भन्दा बाहिर लाम लागेर लाम लागेर स्थानीयहरु पानी भरेर ल्याउथें । घरको आगनैमा धारा पुगेपछि अब ती दिनहरु इतिहासमै सीमित भयो ।
बर्दिबासको मुसहर बस्तीका ५० घरधुरीका दुई सय सत्तरी जना मुसहरहरु ६७ बर्षदेखि खानेपानीको चरम समस्या भोग्दै आएका थिए । बस्तीमै खानेपानी पाएपछी बस्तीका सबै मुसहर यति खेर खुशि भएको करीया मुसहरको भनाई छ ।
धर्मुश—सुन्तलीको पहलमा पानी
बस्तीमा यतिकै खानेपानी पुगेको होइन् । हास्य कालकार धर्मुश—सुन्तलीले गत साल पौष महिनामा मुसहरहरुको खानेपानीको समस्या लगायत बस्तीको समग्र समस्या बुझ्न बस्तीमै उनीहरु पुगेका थिए । उनीहरुले नै मुसहरको खानेपानीको समस्या सरोकारवला नजिक पु¥याएपछि गत फाल्गुणमा बर्दिबासमा खानेपानी आयोजनाको निर्माण काम थालिएको थियो ।
११ महिना लगाएर खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि बस्तीका ५० घरधुरीमा खानेपानीको पहुँच पुगको छ ।
मुसहर बस्ती नजिकैको छिमेकी बस्तीमा बर्सौं अघि खानेपानी घरघरमा पुगेपनि मुसहर बस्ती खानेपानीबाट वञ्चि रहँदै आएको थियो ।
मुसहर बस्तीमा पानी पुगेको खुशियालीमा सामुहिक भोज
खानेपानी पाएको खुशियालीमा मुसहरहरुले सोमबार सामुहिक भोज खाएका छन् । सामुहिक भोजको नेतृत्व गर्ने बस्तीमा नायिके संजीव सदाका अनुसार, सामुहिक भोजको रुपमा मधेशमा खाजाको लोकप्रिया मुरही, कचरी(प्याजबाट बनाउने पकौडा), काउलीको पकौडा, हरीयो खुर्सानी सहितको भोज बस्तीमै पुगेको धराको पानी थापेर खाइयो ।
भोजको जोरजाम गर्न घरघरबाट चन्दा उठाइयो । भोज पकाउन घरघरबाट दाउरा संकलन गरियो । भोज पकाउन घरघरबाट गग्री, डोलमा पानी संकलन गरेर भान्सा गर्न जम्मा गरियो । भोज तयारीमा १५ दिन अघि देखी मुसहरहरु लागेका बस्तीका अगुवा मञ्जय सादाले बताए ।
भोज बनाउन मुसहर बस्तीमा सहयोग गर्न बर्दिबास २ का सिकिन्द्र साह हलुवाइलाई डाकियो । उनले बिहान ८ बजेदेखि दिउँसो २ बजे सम्म भोज पकाए । भोज तयार गर्न बस्तीका महिलाहरु रात देखिनै भोजको समाग्री काटकोट गरे तयार गरेका थिए ।
भोज पकाउन ५० किलो मुरही, ३० किलो प्याज, १० किलो बेसन, १५ लिटर तेल, ५ किलो हरियो खुर्सानी लगायतका समाग्री जुटाइएको बस्तीका करीया सादा मुसहरले बताए । पानी पाएपछि भोजको आयोजन गरेर आफैले भोट दिएर जिताएको पूर्व शिक्षा मन्त्री तथा संसद गिरिराजमणी पोखरेलसंग भोज खाएर उनीहरुले खुशीयाली साटासाट गरे ।
कागजका मुरही, कचरी, काउलीको पकौडा, हरियो खुर्सानी र बस्तीमा जडान गरिएको नयाँ धाराबाट पानी ल्याएर मुसहरहरुले संसद पोखरेलसंगै आएका टोलीलाई पनि भोज खुवाए । मुसहर तल्लो जाति रहेको भन्दै अहिले पनि मधेशमा उनीहरुसंग ठूला जातिले छुवाछुतको व्यवहार गर्छन् । तर नेता पोखरेल लगायत छिरछिमेकले मुसहरले पकाएको भोज मिठो मानेर खाइ दिए ।

नेता पोखरेलले भने, ‘धुर्मुश—सुन्तलीबाट परिवर्तनको पाठ सिक्नु पर्छ’
‘दलित समुदायको अधिकार संविधानमा उल्लेख छ । व्यवहारमा लागु गरेर मुसहर लगायत दलित समुदायको जीवनमा परिवर्तन ल्याउन जरुरी छ ।,’ नेता पोखरेलले भने,‘धुर्मुश—सुन्तलीले देशमा गरेका विकासको मोडलबाट सबैले पाठ सिक्नु पर्छ ।’ धुर्मुश—सुन्तलीले बर्दिबासको मुसहर बस्तीलाई एकिकृत नमुना बस्ती बनाउन लागेको धर्मुश—सुन्तलीका परियोजना संयोजक अर्जुन न्यौपानेले बताए । नेता पोखरेलले उहाँहरुको साथमा आफू रहेको प्रतिबद्धता जनाए ।
मुसहरको लागि साँढे ५ करोंडको खानेपानी संचालन
एसियाली विकास बैंकको अधिक लगानीमा निर्माण भएको खानेपानी आयोजनाकोे निर्माण कामको ठेक्का नेपाल सरकारले आशिष निर्माण सेवा प्रा.लि. भरतपुरलाई ४ करोड ३८ लाखमा दिएको थियो ।
खानेपानी आयोजना सम्पन्न गर्न साँढे पाँच करौंड लागेको बर्दिबास साना सहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष चुडामणी पोखरेलले बताए ।उनले भने,‘मुसहर बस्तीमा खानेपानी पु¥याउन १० लाख खर्च भयो ।’
रातु पुलभन्दा करीब दुई किलो मिटर उत्तरतिर खानेपानी आयोजनाको श्रोत छ ।पूर्व शिक्षामन्त्री गिरीराजमणी पोखरेललले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत २२ लाख रुपैयाँ खानेपानीलाई सहयोग गरेको छ ।
एसियाली विकास बैंकको ७० प्रतिशत अनुदान, २५ प्रतिशत ऋण (५ प्रतिशको ब्याजका दरले) र योजना सम्पन्न गराउन उपभोक्त संस्था बर्दिबास साना शहरी खानेपानीले ५ प्रतिशत रकम हालेपछि खानेपानी आयोजनाले गति लिएको थिायो । निर्माण कम्पनीका साइड प्रतिनीधि जीवन राना भाटले ३ लाख ६० हजार लिटरको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ ।
मुहर बस्तीको विकासका लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय महोत्तरीका प्रमुख देवेन्द्र झा, बर्दिबास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्की , धुर्मुश—सुन्तली फाउन्डेसनका परियोजना संयोजक अर्जुन न्यौपाने लगायतले प्रतिबद्धता जनाए ।



