babita4

हुलाकी न्यूज, धनुषा, ५ पुस । वैदेशिक रोजगार, हो नेपालबाट दिनहुँ हजारौको संख्यामा विदेश रोजगारको लागि जाने गरेका छन् । दिनहुँ विदेशमा नेपाली कामदार विभिन्न कारणले मृत्यु भएको भन्ने समाचार पनि पढ्ने गरेकै हुन्छौ । त्यसै गरि धनुषा धनौजी–७ का वविताका पति ३१ वर्षीय सत्यनारायण साह सोनारको सन् २०१५ को अक्टुबर १० तारिख कुवेतमा मृत्यु भएको थियो । सोनारको कुवेतमा बिरामी भएर उपचारको क्रममा निधन भएको थियो । मृत सोनारको शव घरको आँगनमा मृत्यु भएको एक हप्तामा आइपुगेको थियो ।

मृत पतिको शव देख्ना साथ ववितालाई आफु पनि बाच्न मन लागेन तर दुई नाबालिक छोरी र वृद्धा सासुको अनुहार देखेरै भए पनि बाच्नु पर्ने लाग्यो । आफन्त तथा छरछिमेकले उनलाई जे हुनु थियो भैहाल्यो अब आँखाको आसु नसुके पनि दूई नाबालक छोरीकै लागि भए पनि आफ्ना आसु सुखाउँनै पर्छ भन्न थाले । र पतिको काम सकिएर बरु काठमाण्डौ जाउँ, क्षतिपूर्ति पाउँछ्यौ छरछिमेकले भने ।

babita2

वविताको काठमाण्डौको सफर
गरिबिको हालमा दबिएकी वविता क्षतिपूर्तिले दूई छोरीको स्याहार गर्न र घर धान्न केहि त सहयोग पाइएला भन्ने आशमा काठमाण्डौ जाने तयारी गरिन् । उनलाई छिमेकीले जानकारी दिए अनुसार क्षतिपूर्ति वापत रकम ६ लाख ५० हजार रुपैयाँ पाउँनु पर्ने व्यवस्था रहेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट १ लाख ५० हजार रुपैयाँ र जीवन बिमाबापत ५ लाख रुपैयाँ क्षतिपूर्ति पाउने व्यवस्था छ । वविता आफ्नी कान्छी छोरीलाई लिई काठमाण्डौ आइपुगिन् । तर के उनले पाइन त! सुने, बुझे र भने झै रकम ?

‘सत्यनारायणको दुई वर्षको श्रम स्वीकृति सकिइसकेको छ । बोर्डबाट दिने १ लाख ५० हजार रुपैयाँ पाइँदैन,’ बोर्डका हाकिमले भने, ‘तिमीलाई किरिया खर्च १० हजार रुपैयाँ मात्रै दिन सक्छौं । बिमाबापत ५ लाख रुपैयाँ बिमा कम्पनीले दिन्छ । उतै जाऊ ।’    सत्यनारायणको वैदेशिक रोजगार (म्यादी) जीवन बिमा प्राइम लाइफ इन्सुरेन्सबाट गरिएको थियो । श्रमस्वीकृतिको समय दुई वर्ष भयो भने जीवन बिमाको समय दुई वर्ष ६ महिनाको समय भएकाले भेट्थ्यो ।

आफुसँग रहेको चाहिने कागजहरु बोकी उनी रकम पाउँने आश गर्दै बीमा कम्पनीमा पुगिन् । त्यहाँ पुग्दा कम्पनीवालाले भने तिम्रो श्रीमानको जन्ममिती गलत छ यो सच्याएर आउँ र उक्त व्यक्ति सत्यनारायन नै हुन र तिम्रै पति हुन भन्ने जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रमाणित गरेर ल्याउनु । उनी गाँउ धनुषा फर्किन ।

babita1

तर चाहिने आवश्यक आइ.डि अर्थात नागरिकता तथा राहदानीमा जन्ममिती सही नै थियो । कुवेतको आइ.डि कार्ड र कुवेतकै अस्पतालले बनाएको मृत्यु प्रमाणपत्रमा मात्र जन्ममिती सही थिएन् । कुवेतकै गलत कागजको आधारमा नेपाली दुतावासले पत्र बनाएको थियो । वविताले चाहिने सबै अफिसहरुमा जसोतसो सम्पर्क गर्दै गुहार मागिन । कुवेतस्थित नेपाली दुतावामा पनि सम्पर्क गरिन । यता जिल्ला प्रशासनले कारण खुलाउँन दुतावासमा पत्र पठाइदियो ।

जिल्ला प्रशासन कार्यालय, धनुषाले पनि दुवै जन्ममिती भएको व्यक्ति एउटै भएको प्रमाणित गरिदियो । ‘सोनारले प्राप्त गरेको राहदानीमा जन्ममिति २२/०८/१९८४ र कुवेत दूतावासबाट प्राप्त पत्रमा उल्लेख जन्ममिती रहेको व्यक्ति एउटै हो ।’
दूतावासले ‘जोसँग सम्बन्धित छ’ भन्दै एउटा पत्र जिल्ला प्रशासन कार्यालयलाई पठाइदियो, ‘गत १०/१०/२०१५ मा मृत्यु भएका धनौजी–७, धनुषाका सत्यनारायण साह सोनारको सन् २००८/४/२४ मा धनुषा जिप्रकाबाट जारी हस्तलिखित राहदानी नम्बर ४०६३०८१ मा जन्म मिति २२/८/१९८४ उल्लेख भएको तर सो जन्ममितीको साल स्पष्ट नदेखिएको हुँदा १९८४ को ठाँउमा १९८७ हुन गई निजको कुवेतबाट जारी भिसा र सिभिल आईडी कार्डमा निजको जन्म मिति १९८७ नै उल्लेख भएको छ ।’

जि.प्र का हाकिमले ववितालाई पत्र बनाई भन्यो, यो पत्र एउटा बलियो प्रमाण हो । यतिले तिम्रो काम भैहाल्छ । बिमा कम्पिनीले बिमाको रकम नदिए सुखै छैन् । छठ सकिएपछि वविता दोश्रो पटक काठमाण्डौं छिरिन् । सहयोगको रुपमा एक जना साथी पनि सँगै लिएर आईन् । बिमा कम्पनीको कार्यालय पुगिन् । आफुसँग रहेको कागज पेस गरिन् ।

कुरो त्यतिमै सिमित रहेन् । फेरि प्रइमले क्षतिपूर्ति रकम दिन मानेन् । कागज फेरि नपुगेको कुरा प्राइमले भन्यो । वविताले ल्याएको पत्रहरु अझै अपुग नै रहेको जानकारी दियो । मागेअनुसारको कागज ल्याउँदा पनि फेरि जन्ममिती कै कुरा झिकेर प्राइमले बिमा रकम दिएन । उनीहरूसँग तर्क–वितर्क गर्न सकिनँ, लुरुक्क फर्केर गएँ,’ वविताले भनिन् ।

वविता ओझेलमा परिन् । के गर्ने के नगर्ने कुरै बुझ्न सकिनन् । फेरि उनी गाँउ फर्किन् । दुःख माथि झन दुःख थपिन्दै गयो । घरको अभाव उस्तै छ । परिवार पाल्न भनेर विदेश गएका श्रीमानको उतै मृत्यु भयो । कुवेतको कम्पनीमा सँगै काम गर्ने साथीभाइ मिलेर दुई लाख रुपैयाँ चन्दा उठाएर पठाइदिएका थिए । त्यसले सत्यनारायणले चलाएको व्यवहार खर्च, ऋण तिर्दैमा सकियो ।

खर्चहरु झन बढ्दै गएको देखेर सासु देवकीले बिमा रकमबारे कुरा झिकिन् । ववितालाई फेरि एकचोटि काठमाडौं गएर कुरा गरौं कि भन्ने विचार आयो । कान्छी छारी बोकेर फेरि  तेश्रो पटक काटमाण्डौं आइन् र प्रइमको ढोकामा पुगिन् । उनले नियमसंगत हिसाबले पाउने रकम पनि प्राइमले दिन मानेन । फेरि उही जन्ममितीकै विवाद झिक्यो । उनी आँखाभरि टिलपिल टिलपिल आँसु झार्दै निस्किइन् ।
एक्लो कान्छी छोरी काखमा च्यापेर काठमाण्डौं धाउँदा धाउँदा थाकिसके बताउछिन् वविता । ‘अब हामी कहाँ जाने ?’ मैथिली लवजमा उनले भनिन्, ‘अब फेरि काठमाण्डु आउँदिन ।’

babita3

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.