najbul-khan

अर्कना खातुन,  उदयपुर, ५ पुष । यहि मंसिर २४ गते शुक्रबार राजधानीमा शान्ता लक्ष्मी श्रेष्ठ महिला मानवअधिकार सम्मान पुरस्कार २०७३ बाट मानवअधिकारकर्मी नजबुल खान सम्मानीत भएकी छिन् । त्यसै गरि आईतबार उदयपुरमा एक समारोह बीच सम्मानीत मानवअधिकारकर्मी नजबुल खानलाई ६८ औं अन्त्तराष्ट्रिय मानवअधिकार दिवस र ८ औं मानवअधिकार राष्ट्रिय महाभेलाबाट यस बर्षको मानवअधिकार वर्ष सम्मान पुरस्कार २०७३ बाट उनको गृह जिल्ला उदयपुरमा पनि सम्मानीत गरिएको हो ।

उदयपुरकी नजबुलले मानवअधिकारको क्षेत्रमा उधारणिय कार्य तथा उल्लेखनिय योगदान गरे वापत पुरस्कृत भएर जिल्लाको नाम उच्च पारेको भन्दै उदयपुरका अधिकारकर्मीहरुले सम्मान गरेका हुन् । उनी एक कर्मट, शाहसी, वीरता तथा निडर मुस्लिम महिला अधिकारकर्मी हुन् ।

najbul-khan1

उनलाई प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान, प्रहरी नायव उपरिक्षक ओमबहादुर राना, मधेशी समाज उदयपुर, लोकतान्त्रिक गैसस महासंघ, टोल विकास संस्था समन्वय समिति, सूचनाको हकका लागी नागरिक संजाल र काहुराष्ट्र का प्रमुख तथा प्रतिनिधि लगायत उपस्थित अधिकारकर्मी, पत्रकारहरुले अबीर र खादा लगाई सम्मान गरेका थिए ।

सबैले उनलाई शुभकामना दिँदै अझ बढी क्रियाशिल भई सामाजिक रुपान्तरणमा निरन्तर लागी रहन भने । उनले दिएकी योगदानहरु कहिल्यै खेर नगई गाँउका महिलाहरुलाई अझै शसक्त बनाउन प्रोतसाहन गरियो ।

सामाजिक रुपले पछाडि पारिएका मुस्लिम समुदायभित्र रहि उनले टेम्पो ड्राईभर देखी स्थानिय समाजिक संस्थाको अध्यक्ष भई महिला अधिकारको पक्षमा अहोरात्र खटिरहेकी हुन् । खानले सत्यको बाटोमा लागि सबैले बराबरी अधिकार पाउनुपर्ने आवाज उठाइ काम गर्दा उनलाई सबैले विद्रोही समेत नाम दिए । त्यसैले उनलाई विद्रोही छोरीको रुपमा समेत चिनाएको छ । खानले यो सम्मानले आफुलाई अझ बढी हौसला र आँट प्रदान गरेको र प्रेरणा समेत मिलेको बताउनुभयो ।

सोही कार्यक्रममा उदयपुरका युवा प्रतिभा चित्रकुमार कार्की पनि सम्मानीत भएकाछन । शाहसी युवा प्रतिभाको रुपमा नेपाल जेसीसद्वारा काठमाडौंमा सम्मानित उल्टो मोटरसाईकल यात्री कार्कीलाई पुरस्कृत समेत गरेको थियो । उनले नेपालको पूर्व पश्चिमदेखि छिमेकी मुलुक भारतसम्म उल्टो मोटरसाईकल यात्रा गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.