mahanthakur
मनिष गुप्ता, कपिलवस्तु ५ पुस ।
तराई-मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेकपा एमालेले संविधान लागू हुन नदिन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

शिसवामा आयोजित बृहत् जनजागरण अभियानलाई सम्बोधन गर्दै ठाकुरले पहिले आफैले गर्न खोजेको संविधान संशोधनको प्रस्तावलाई अहिले विरोध गरेर एमालेले द्वैध चरित्र देखाएको ओराप लगाएका छन् ।

एमालेले बिभिन्न बहानमा संशोधन प्रस्तावको बिरोध गरेर संबिधान कार्यान्वय गर्न नदिने खेलमा लागेको उनले बताए ।

५ नम्बर प्रदेशमा कुनै पनि हालतमा पहाडी जिल्ला मिलाउन नहुने बताउदै आफुहरु एक मधेशको पक्षमा रहेको उनले स्पष्ट पारे ।

कार्यक्रममा केन्द्रिय नेता अकवाल अहमद शाह, ईश्वरदयाल मिश्र, मंगल प्रसाद गुप्ता लगायतले मन्तब्य दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.