hitraj-pandey
हुलाकी न्यूज, काठमाडौं ५ पुस ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले संविधान संशोधन प्रस्ताव परिमार्जन गर्न बहस गर्न सकिने तर फिर्ता नहुने बताएका छन् ।

मंगलबार रिपोर्ट्र्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पाण्डेले मधेशी, जनजाति, आदिवासीहरुको समस्या समाधान गर्नका लागि सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको र संसदको कार्यसूचिमा परिसकेकोले यो प्रस्ताव कुनै हालतमा फिर्ता नहुने उनले जिकिर गरे ।

साथै उनले मधेशी मोर्चा लगायत थारुहरु पनि चुनावमा सहभागी हुनेमा सरकार विश्वस्त रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.