?????????????????????????????????????????????????????????

हुलाकी न्यूज, सुर्खेत ५ पुस । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रवादको नाममा देशलाई विखण्डन गर्ने राष्ट्रघाती नियत लुकेको आरोप लगाएका छन् ।

सोमबार माओवादी केन्द्रले सुर्खेतमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक मान्यता उल्ट्याउने कोशिस भइरहेको बताए ।

उनले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता माओवादीको प्रस्ताव नभई विगतमा एमालेले अघि सारेको र कांग्रेसले समर्थन गरेको प्रस्ताव रहेको खुलासा गरे ।

उनले भने, ‘मेरो एक मात्रै चाहना हिमाल, पहाड र तराईलाई मिलाएर संविधान कार्यान्वयन गर्नु नै हो । कोही यसको विपक्षमा उभिन्छ र राष्ट्रिय एकता चाहँदैन भने सिधै बुभ्mदा हुन्छ, त्यहाँ राष्ट्रवादको नाममा देशलाई बिखण्डन गर्ने राष्ट्रघातको नियत लुकेको छ । यसले देशको हित गर्दैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.