हुलाकी न्यूज, काठमाडौं ३ आश्विन । नयाँ संविधानमा हस्ताक्षर गरेको विरोधमा मधेशबाट सभासद् भएका नेपाली काँग्रेसका दुई जना र नेकपा एमालेका दुई जना सभासद्हरुको घरमा आगजनी तथा तोडफोड भएको छ ।

ती सभासद्हरुको घरमा त्यस क्षेत्रकै जनताले आगजनी तथा तोडफोड गरेका हुन् ।

आगजनी तथा तोडफोन हुने सभासदहरुमा सिरहा क्षेत्र नम्बर ३ का नेपाली काँग्रेसका सभासद् सिता देवी यादव, सिरहा कै नेकपा एमालेका सभासद् धर्मनाथ प्रसाद साहको घरमा तोडफोड तथा आगजनी भएको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार सितादेवीको घरमा उपेन्द्र यादवको नेतृत्वमा निस्केको जुलुकै सहभागीहरुले आगजनी गरेको हो ।

त्यस्तै, धनुषा क्षेत्र नम्बर ६ का निर्वाचित नेपाली काँग्रेसका सभासद् प्रेमकिशोर साहको भठिहनस्थित घरमा तोडफोड भएको छ । सोही क्षेत्रको सबैला, रघुनाथपुर र आसपासका युवाहरुले उनको घरमा तोडफोड गर्नुका साथै कालो झण्डा गारेको हो ।

त्यस्तै पर्सा क्षेत्र नम्बर तीनका एमाले सभासद् राजकुमार गुप्ताको घरमा तोडफोड भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.