
हुलाकी न्यूज, भक्तपुर ५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले नेकपा एमालेको उल्टो भूमिकाकै कारण देशमा थप संकट निम्तिएको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लब भक्तपुरले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै राणाले सीमांकनकाबारेमा एमाले, माओवादी र कांग्रेसले बिगतमा गरेको सहमतिलाई भुल्दै एमालेले सदन र सडक अवरोध गरिरहेको बताए ।
उनले स्थानीय निकाय निर्वाचन पनि एमालेकै कारण हुन नसकेको आरोपसमेत लगाए ।



