brj-youth
हुलाकी न्यूज, बीरगञ्ज ५ पौस । मधेशको पूर्वाधार विकासलगायतका विषयमा बीरगञ्जमा पनि युवाहरुले छलफल गरेका छन् । जनकपुरधामबाट सुरु भएको छलफल बीरगञ्जमा पनि निरन्तरता पाएको छ ।

निर्माण हुन लागेको पूर्वपश्चिम रेल मार्गलगायत मधेशका अन्य पूर्वाधार विकासका सन्दर्भमा छलफल भएको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा भएको छलफलमा युवा विद्यार्थीहरुको उल्लेखिय सहभागिता रहेको थियो ।

भारतको नयाँ दिल्लीमा रहेका मधेशीहरुको छाता संगठन युनाईटेड मधेशीका संस्थापक अध्यक्ष संजय यादव र दिल्ली युनिर्भसिटीका सुर्यकिरण यादवलगायतको विशेष सहभागितामा कार्यक्रम भएको छ ।

कार्यक्रममा मधेशका सहरलाई छुँदै रेलमार्ग विस्तार हुनु पर्ने तथा अन्य विकास निर्माणमा पनि मधेशको हिस्सेदारी हुनु पर्ने माग उठाइएको छ । मधेशलाई नजरअन्दाज गरी निर्माण हुने कुनै पनि पूर्वाधारलाई मधेशी युवाहरुले स्वीकार नगर्ने चेतावनीसमेत दिइएको छ ।

कार्यक्रमा समाजिक अभियान्ता प्रकास प्रसाद थारु, कोशीस फाउनडेशन मदन गुप्ता, बिधार्थी नेता आमोद यादव, शिवजी प्रसाद सोनी, निखि वर्णवाललगायतको सहभागीता रहेको थियो ।

brj-youth2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.