jitendra-sonal
हुलाकी न्यूज, काठमाडौं ४ पुस ।
तराई–मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले संविधान संशोधन नभएसम्म कुनै हालतमा कार्यान्वयन हुन नसक्ने ठोकुवा गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संशोधन प्रस्तावको विरोधमा संसद अवरुद्ध गरेर असुहाउँदो काम गरिरहेको समेत आरोप लगाए । सोनलले भने,‘एमालेले पश्चगामी कदम चाल्यो ।’

उनले यसअघि पनि एमालेले ०४८ सालमा ५७ औं पटक संसद अवरुद्ध गरेको ईतिहाँस कोट्याउँदै भने,‘अहिलेपनि एमाले त्यही बाटोमा जाने हो कि भन्ने भान भैरहेको छ ।’

उनले संविधान संशोधन नभएसम्म यो संविधान कार्यान्वयन हुनै नसक्ने समेत ठोकुवा गरे । उनले भने,‘मुलुकको समृद्धिको लागि पनि यो संविधान संशोधन हुनुपर्छ, सम्पूर्ण चुनावको पक्षमा छ, तर हाम्रो पहिलो शर्त भनेको संविधान संशोधन हो ।’

उनले प्रमुख प्रतिपक्षी दल एमालेपनि यो राष्ट्रको जिम्मेवार पार्टी भएकोले यसलाई भित्तामा पुर्याउने आफूहरुको चाहना नभएको स्पष्ट पार्दै भने,‘एमालेले अहिले भोटको राजनीतिक गरिरहेको छ ।’ सोनलले एमालेलाई हार र जितको प्रवाह नगरी संसदमा प्रस्तुत हुन आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.