laxman-tharu
हुलाकी न्यूज, कैलाली ४ पुस ।
टीकापुर घटना घटाएको अभियोगमा १६ महिनादेखि जेल जीवन बिताउँदै आएका थरुहट नेता लक्ष्मण थारुले विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनाधिकार फोरम, नेपाल (लोकतान्त्रिक) बाट राजीनामा दिएका छन् ।

आफूहरुलाई पार्टीले पूर्णरुपमा उपेक्षा गरेको आरोप लगाउँदै लक्ष्मण थारुले सोमबार एक विज्ञप्ती जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

उनले फोरम लोकन्त्रिक परित्यागपश्चात आफ्नो कुनै राजनीतिक दलमा प्रवेश गर्ने योजना नरहेको बताए । विज्ञप्तीमार्फत् थरुहट नेता थारुले शान्तिपूर्ण थरुहट आन्दोलनले सफलता पाउनेमा कुनै दुई मत नरहेको बताएका छन् ।

जारी विज्ञप्तीमा, ‘दुःखद टीकापुर घटनाको बनावटी झुटा मुद्दामा विगत १६ महिनादेखि कैलाली कारागारमा छु, त्यसै आरोपका अन्य २२ जना पनि यसै कारागारमा छन् । सम्मानित अदालतले न्याय दिनेमा आशावादी छौं ।’ उल्लेख छ । फोटो : थारुवान डटकमबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.