Rajendra_mahato
हुलाकी न्यूज, काठमाडौं ३ पुस ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालमा ढाका टोपी लगाउने राष्ट्रघाती निर्णयहरू गरेको आरोप लगाएका छन् । यो देशमा धोती लगाउनेले कहिल्यै पनि राष्ट्रघाती काम पहिले पनि गरेको न भविष्यमा गर्ने बताए ।

रिपोर्टर्स क्लबमा बोल्दै राजेन्द्र महतोले अंगीकृत नागरिकलाई राष्ट्रपति बनाउने संविधान कुनै मधेशीले नबनाएको बताए । “०४६ सालको संविधान होस् अथवा ०६३ सालको संविधान यी सबैमा अंगीकृतलाई राष्ट्रपति बनाउने प्रावधान कुनै मधेशीले बनाएको होइन ।’ महतोले सोधे, “अहिले अंगीकृत नागरिकलाई संवैधानिक पद दिने आरोप मधेशीमाथि कसरी लगाईंदै छ ?’

५ जिल्ला विवादबारे राजेन्द्र महतोले तीन दलमाथि नेपालमा पनि महाभारत गराउन खोजेको आरोप लगाए । महतोले भने, “विवादित भनिएको ५ जिल्लाको लागि यदि एमाले सहित तीनवटै दल महाभारत नै चाहन्छ भने मधेशी जनता महाभारतका लागि पनि तैयार छन् । ५ गांउको विवादले महाभारत युद्ध पछि जसरी कौरवहरू नाश भएको थियो त्यही हाल संघीयता र मधेश विरोधीहरूको पनि हुने बताए ।

संविधान संशोधन प्रस्तावको विरोध भई रहेको संदर्भमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तीन वटै ठूलो दलको भूमिका शंकास्पद रहेको बताए। महतोले ५ नम्बर प्रदेशको बहानामा भई रहेको आन्दोलनको कुनै औचित्य नरहेको पनि बताए ।

उनले मधेशी जनता अहिले धैर्य धारण गरेकोले मधेशी जनतालाई धेरै नउकास्न आग्रह गरे। महतोले मधेशी जनता प्रतिकारमा ओर्ले देश गृहयुद्धमा फंस्ने चेतावनी समेत दिए ।

हाल सरकार द्वारा दर्ता गराईएको संशोधन प्रस्ताव परिमार्जन नगरे सम्म कुनै हालतमा आफूहरू लाई स्वीकार्य नहुने अडान दोहराएका छन् । महतोले भने संविधान कार्यान्वयनको लागि होस् अथवा कुनै चुनाव गराउनको लागि संविधान संशोधन प्रस्तावलाई आवश्यक परिमार्जन गरिनु पर्ने शर्त रहेको बताए । परिमार्जन बिना संनिधान कार्यान्वयन नहुने र देशमा कुनै चुनाव पनि नहुने दाबी गरे ।

राजेन्द्र महतोले एमालेकै कारण संविधान संशोधन, चुनाव र संविधान धरापमा परेको आरोप लगाए। उनले भने एमालेले आफ्नो अडान नछोडे नयां जारी भएको संविधान माघ ८ गतेनै एक्सपायर हुने खतरा बढेको बताए। संविधान धरापमा परे यसको सम्पूर्ण जिम्मेवारी एमालेले नै बेहोर्नु पर्ने बताए ।

एमाले पार्टी विरूद्ध निकै आक्रामक रूपमा प्रस्तुत भएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमालेलाई मधेश विरोधी, संघीयता विरोधी मात्रै भनेनन् उनले एमाले माथि नयां संविधान डुबाउन लागेको समेत आरोप लगाए। महतोले एमालेकै कारण नयां संविधान माथि पनि खारेजी हुने खतरा बढेको बताए ।

सदभावना अध्यक्ष महतोले आन्दोलन आफूहरूको रहरता नभएर बाध्यता भएको बताए । “तीन दलको व्यवहारले हामीलाई फेरि आन्दोलनमा होमिन बाध्य पारि रहेको छ।“ महतोले चेतावनी दिंदै भने( फेरि पनि मधेशी जनतालाई आन्दोलनमा जान बाध्य पारियो र नाकामा बस्न बाध्य पारियो भने यसको गम्भीर परिणाम संपूर्ण देशले ब्योहोर्नु पर्छ ।“

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.