toilet
आरके महतो, बर्दिबास १ पुस । ईश्वरलाई पूजापाठ गर्नु भन्दा अघि मानिसहरु नदि , तलाउ र समुन्द्रमा नुवाहीधुवाई अर्थात स्नान गर्छन् । भगवानलाई पूजा गर्नलाई मानवले हरेक तरहबाट आफूलाई शुद्ध बनाउँछन् । एक थरी मान्छेले सोही पोखरी र तलाउको किनारमा दिसा पिसाब गर्छन् । जलासयमै दिसा धुन्छन् ।

पूजामा सरिक हनु भन्दा अगाडी भगवान पूज्नेहरु सोही नदि ÷तलाउको जल पितलको लोटामा बोक्छन् । किनारमा रहेको बोटबाटका फूल टिपेर डालीमा हाल्छन् । मानिसले आफूलाई शुद्ध भएर भगवानलाई पूजेको दावी गरिरहँदा सरसफाई अभियन्ताहरुले भगवान पुज्नेहरु दुषित पानी र फुल चढाएर पाप गरिरहेको बुझेपछि सर्लाहीको इश्वरपुर नगरपालिकामा गजब भएको छ । सर्लाहीको इश्वरपुर नगरपालिका नगरबासीले आफूलाई ईश्वरको सँच्चा पूजारी ठान्दै युद्ध स्तरमा एकै साथ एक वर्डामा ८१९ चर्पी बनाएर वडालाई नै खुल्ला दिसामुक्त बनाइ दिएका छन् ।

बस्ती नजिकै अवस्थित ऐतिहासिक सागरनाथ माहादेव मन्दिर छ । प्रत्येक बर्ष साउनमा त्यहाँ भव्य मेलाको आयोजन हुन्छ । हजारौं हजार मानिसहरु त्यहाँ मेला भर्न आउँछन् । मेला ती बाहेकका अन्य दिनहरुमा मन्दिरसंगै रहेको पोखरबाट महादेवलाई जल ल्याएर मानिसहरु चढाउँछन् । सोही नजिकैको फूलबारीबाट फूल टिपरे माहादेवलाई चढाउँदै भाक्ल गर्छछन् । भाकल पुरा भएपछि फेरी आएर भेटी चढाउँछन् ।

त्यही भगवान पूज्ने भागत्ले बाहिरै गरेको दिसापिसाबमा झिंगा बस्ने त्यहाँबाट उडेर फूलमा बस्ने गर्छ । पछि भक्तजनहरुले  भगवानलाई त्यही दुषित फूल र पोखरीमा दिसा धुदाँ हुने फोहोर पानी बोकेर हरहर महादेव भन्दै भगवानलाई चढाउँदा पुन्य भन्दा पाप नै हुने गरेको नगरबासीले बुझेपछि धमाधम चर्पी बनाएर प्रयोग गर्न थालेका छन् ।

सरसफाईको महत्वलाई अंगिकार गर्दै ईश्वपुर नगरपालिका सर्लाहीका एक वडा बासीहरुले युद्ध स्तरमा रातदिन लागेर एक वर्डामा ८१९ चर्पी बनाका छन् । हुन त २१ औं शताब्धीमा आफ्नै प्रयोगका निम्ति चर्पी बनाउनु ठूलो कुरो होइन् । किन भने विश्वका अरुअरु देशका मानिसहरु चन्द्र माँ मा पुगि सकेका छन् । तर सरसफाईको मामलामा मधेशका ८ जिल्ला सर्लाही, रौत्तहट , बारा , पर्सा, महोत्तरी, धनुषा निकै पछाडी रहेको छ । यस अवस्थामा इश्वपुर नगरपालिकाको वर्डा नम्बर ४ का स्थानीयले आआफ्ना घरमा शौचालय निर्माण पश्चाते प्रयोगमा ल्याएर खुल्ला स्थानमा दिसापिसाब गर्नेहरुकोलागि चुनौति दिएका छन् ।

निरन्तरको पहल र कठोर परिश्रमपछि ११ वटा वडा रहेका ईश्वरपुर नगरपालिकाकोे ४ नम्बर वर्डालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषित गरिएको छ । सो वर्डाको कूल घर धुरी ८१९ रहेकोमा सबै घरधुरीमा चर्पी निर्माणपछि प्रयोगमा आएपछि एक समारोहका बीच बिहीबार खुल्ला दिसा मुक्त घोषणा गरिएको नगरपालिकाले जनाएको छ । यो संगै ईश्वपुर नगरपालिका सर्लाही सरसफाइको नजरका हिजो भन्दा आज एक कदम अगाडी बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.