
हुलाकी न्यूज, जनकपुरधाम २९ मंसिर । विवाह पञ्चमीपश्चात् सरसफाई गरिरहेको अवस्थामा पक्राउ परेका डा. सीके राउतका समर्थकहरु रिहा भएका छन् ।
बिना कुनै कसुर गैरन्यायिक हिरासतबाट स्वतन्त्र मधेश गठबन्धनका १७ जना कार्यकर्ताहरु ९ दिनपछि रिहा भएका छन् ।
बुधबार भएको पेसीमा जनकपुर उच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।
पक्राउ परेका सीके राउतका कार्यकर्ताहरुलाई हिरासतभित्र चरम यातनासमेत खेप्नुपरेको उनीहरुको आरोप छ ।
रिहा भएपछि उनीहरुलाई सीके राउतका समर्थकहरुले स्वागतसमेत गरेका थिए ।



