
हुलाकी न्यूज, विराटनगर २९ मंसिर । मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पुरानै संरचनाअनुसार चुनाव जानुपर्ने धारणा राखेका छन् ।
विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संविधान संशोधन विधेयकलाई थाँती राखेर चुनावमा जानुपर्ने बताएका छन् ।
संविधान संशोधनबारे ठूला तीन दलबीच गम्भिर मतभेद भएकाले यसलाई थाँती राखेर तीनै तहको निर्वाचनमा जानु उपयुक्त हुने उनले बताएका छन् ।



