sunilranjan-singh
हुलाकी न्यूज, काठमाडौं २९ मंसिर ।
गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगको प्रदेश नं. २ का संयोजक अधिवक्ता सुनिलरंजन सिंहले राजीनामा दिएका छन् ।

सिंहले बुधबार एक विज्ञप्ति जारी गरी ‘तत्कालै राजनैतिक सहमति समेत हुन नसकेको अवस्थामा २ नं. प्रदेशको संयोजक पदमा रही कार्य गरीरहन उचित र उपयुक्त नठानेकाले मैले स्थानीय तह पुनर्संरचनासँग सम्वन्धित २ नं. प्रदेशको संयोजकबाट नैतिकताको आधारमा राजीनामा पेश गर्दछु’ उल्लेख गरेका छन् ।

‘मैले २ नं. प्रदेशको जिल्ला(जिल्लामा गएर राजनैतिक दलहरुको विचमा स्थानीय तहको पुनर्संरचना गराउने कार्यमा अत्याधिक रुपमा प्रयास गर्दा पनि सम्भव भएन’, उनले राजीनामा पत्रमा भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.