
हुलाकी न्यूज, सिरहा २९ मंसिर । कतारमा रहेका मधेशीहरुको संस्था हेल्प मधेशी कतारले सिरहाका एक ब्लड क्यान्सर पीडित बालकलाई सहयोग गरेको छ ।
क्यान्सरबाट पिडित बालक सुरेन्द्रको उपचारमा सहयोग गर्ने उद्देश्यले मंगलबार हेल्प मधेशी कतारले सिरहाको कर्जन्हा ४ बस्ने इन्दर पासमानको ६ बर्षीय छोरा सुरेन्द्र पासमानको उपचारका लागि रु. पचास हजार एक सय पैसठी रुपैयाँ आर्थिक सहयोग हस्तारन्तरण गरेको छ ।
पासमानको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकोले उपचार गर्न समस्यामा रहेको बेला हेल्प मधेशी कतारले सहयोग उपलब्ध गराएको हो ।
हेल्प मधेशी कतारका सदस्य तथा कल्याणपुर कालाबन्जर १ बस्ने प्रभात महतो र कृष्णपुर ५ बस्ने राम कुमार यादवको साथै प्रहरी, स्थानीयबासी, पत्रकार लगायतको उपस्थिति रहेको सो रकम हस्तान्तरण गरेको हो ।
हेल्प मधेशी कतारले यसअघि पनि मधेशका बाढीपीडित, आगलागी पीडित लगायतलाई सहयोग गर्दैआएको छ ।



