nemaf-logo
हुलाकी न्यूज, काठमाडौं २८ मंसिर । नेपाल मधेश फाउण्डेशन(नेमाफ)सँग अनुचित लाभ लिन केही व्यक्तिहरुले विगत पाँच वर्षदेखि ‘बार्गेनिङ्ग’ गर्दै आएको आरोप कार्यकारी निर्देशक तुलानारायण साहले लगाएका छन् ।

फाउण्डेशनबाट विभिन्न समयमा रकमको माग गरेको तर फाउण्डेशनले दिन अस्वीकार गरेपछि बदनाम गराउन विभिन्न प्रपञ्च रचेको निर्देशक साहले हुलाकी न्यूजलाई बताए ।

आवश्यक परेको खण्डमा उनीहरुको नाम सार्वजनिक गर्ने बताउँदै साहले भने, ‘मधेशी सञ्चारकर्मीको खोल ओढेर केही व्यक्तिले बार्गेनिङ्ग गर्दैछ । त्यसबाट हामीलाई कुनै फरक पर्ने छैन ।’

यता, मंगलबार फाउण्डेशनले जारी गरेको विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति इङ्गित गर्दै विज्ञप्तिमा भनिएको छ, ‘नेमाफसँग अनुचित आर्थिक लाभ लिने उद्देश्यले लामो समयदेखि केही व्यक्तिहरू अनेक प्रकारको प्रपञ्च रच्दै आएका थिए । तर नेमाफले कहिल्यै पनि कसैसँग सम्झौता नगरी आफ्नो कार्यलाई कुशलतापूर्वक सम्पन्न गर्दै आएको छ । आवश्यक परेको खण्डमा त्यस्ता प्रपञ्च र व्यक्तिबारे उचित समयमा तथ्यहरू सार्वजानिक गरिने छ । यसबारे कुनै प्रकारको भ्रममा नपर्न कार्यसमितिका पदाधिकारी तथा सधारण सदस्यहरूलाई पनि आग्रह गर्दछ ।’

हालसम्म कुनै पनि सम्बन्धित सरकारी निकायले मागे अनुरूप हरेक दस्तावेज संस्थाले बुझाउँदै आएको उल्लेख गर्दै हालसालै नेमाफमा कहीं कतैबाट कुनै प्रकारको सूचना उपलब्ध गराइदिन कुनै प्रकारको पत्र नआएको विज्ञप्तिमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.