हुलाकी न्यूज, काठमाडौं, ३ असोज । नेपालको नयाँ संविधान २०७२ जारी हुन नपाउँदै विभिन्न ठाउँमा जलाइएको छ । देशभित्र र बाहिर रहेका मधेशीहरुले पनि संविधान जलाएर यसको विरोध गरेका छन् ।
संविधान जारी भएको घोषणा हुन नपाउँदै काठमाडौंमा रहेका मधेशी अधिवक्ताहरुले नेपाल बार एशोसिएसनको प्राङणभित्र संविधान जलाएर विरोध गरेका हुन् । त्यस्तै विभिन्न राजनीतिक दल आबद्ध संगठन तथा व्यक्तिहरुले पनि संविधान जलाएर विरोध गरेका छन् ।






