
हुलाकी न्यूज, जनकपुरधाम २८ मंसिर । हिरासतभित्र अनसन थालेका स्वतन्त्र मधेश गठबन्धनका संजय कुमार यादव र उपेन्द्र रोहिताको स्वास्थ्य स्थिति निकै नै गम्भीर भएपछि इमरजेन्सीमा भर्ना गरिएको छ ।
सोमबार बेलुका सांझ ७ बजे उनीहरुलाई प्रहरीले जनकपुर अंचल अस्पतालको इमरजेन्सीमा भर्ती गरेका छन् । इमरजेन्सी कक्षमा उनीहरुको उपचार अझै जारी नै रहेको छ ।
जनकपुरमा विवाहपंचमीको मेला पश्चात् नगरमा रहेको फोहरमैला सरसफाई गर्दा पक्राऊ परेका स्वतन्त्र मधेश गठबन्धनका १७ जना समर्थकलाई विनाकारण पक्राऊ गरी हिरासतमा राखेको छ ।
गैरन्यायिक तरिकाले आफूहरुलाई गिरफ्तार गरिएको र हिरासतभित्रै यातना दिएको भन्दै यादव र रोहिताले बिहीबारदेखि अनसन सुरु गरेका छन् ।



