janakpur
हुलाकी न्यूज, जनकपुरधाम २८ मंसिर ।
मुस्लिम धर्मावलम्बीहरुले जनकपुरधामसहित मधेशभरि हर्षोल्लासका साथ मुस्लिम धर्मको प्रबर्तक हजरत मोहमद हुजुर साहबको जन्मजयन्ती मनाइएको छ ।

नेपालको संविधान कार्यान्वयन र शान्तिको कामना गर्दै आज जनकपुरधाममा मोहम्मद जयन्तीको अवसरमे र्याली निकालिएको छ ।

जनकपुरधामको विभिन्न चौक तथा गाउँ–गाउँबाट आएका मुस्लिम समुदायका व्यक्तिहरुले दिनभरि जनकपुरसहित विभिन्न ठाउँमा इस्लाम धर्मको प्रर्वतक हजरत महोम्मद पैगम्बर सल्लाहु अलैव सल्लामको जन्मजयन्तीको अवसरमा र्याली निकालेका छन् ।

धनुषा, महोत्तरी, सर्लाही, रौतहट, कपिलवस्तु, बाँके, रुपन्देहीसहितका जिल्लामा सविधान कार्यान्वयनको सँगै मुस्लिमहरुको हकहित संरक्षणको माग गर्दै महोम्मद डे मनाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.