
हुलाकी न्यूज, दुबई २८ मंसिर । रौतहटका इन्जिनियर बशन्त कुसवाहाले २४ देशका इन्जिनियरहरुलाई पछि पार्दै ‘होस्पिटालिटी एक्सेलेन्स अवार्ड २०१६’ जितेका छन् ।
कुशवाहाले यसै वर्ष विश्वका १७ वटा देशका इन्जिनियरहरुलाई पछि पार्दै ‘इन्जिनियर अफ् द यर २०१६’को पुरस्कार पाएका थिए ।
मध्यपूर्व क्षेत्र तथा उत्तरी अफ्रिकाका २४ वटा देशका इन्जिनियरहरु मध्ये प्रत्येक वर्ष एक उत्कृष्ट इन्जिनियरलाई ‘होस्पिटालिटी एक्सेलेन्स अवार्ड २०१६’ पुरस्कार दिने गरिएको छ ।
दुवई, कतार, ओमान, कुवेत, साउदी अरेबिया, बहराईन, साईप्रस, इजिप्ट, इरान, इराक, इजराईल, जोर्डन, लेबनान, प्यालेष्टाईन, सिरिया, तुरकिया, यमन, अलजेरिया, लिविया, मौरिटानिया, मोरोक्को, सुडान, ट्युनिसियासहितका देशका इन्जिनियरहरु उक्त पुरस्कारका लागि मनोनित भएका थिए ।
जसमध्ये उत्कृष्ट पाँच जनालाई अनलाईन भोटिङ्ग र निर्णयक मण्डलबाट चयन गरिएको थियो । जसमध्ये कुशवाहा उत्कृष्ट भएका छन् ।
कुशवाहा विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैरआवासीय मधेशी संघ(एनआरएमए)का कार्यबाहक अध्यक्षसमेत हुन् ।
रौतहटको बंकुल घर भएका इन्जिनियर कुशवाहाले जुद्ध माध्यमिक विद्यालय गौरबाट एसएलसीसम्मको अध्ययन गरेका छन् भने डिप्लोमा र ब्याचलर इन इलेक्ट्रिक इन्जिनियरीङ्ग पुलचौक इन्जिनियर क्याम्पस, काठमाडौंबाट गरेका छन् ।
उनले एमबीए इन प्रोजेक्ट म्यानेजमेन्ट दुबईबाट गरेका छन् । उनी ह्यात्त, स्टारउड र केम्पिनस्की होटेल जस्ता कम्पनीहरुमा बरिष्ठ म्यानेजमेन्ट स्तरमा काम गरेका छन् । होटल सञ्चालन, मेन्टिनेस र पुर्नसंरचना तथा योजना निर्माणमा काम गर्नुका साथै नेतृत्व तालिम र कामदारको सन्तुष्टिका क्षेत्रमा काम गरेका छन् ।




Congratulations kushwaha sir u r the best example of the kushwaha not only amongst of madheshi
Congratulation sir !!!!
congratulation sir and you r heart of kushwaha cumunity .
congrats alot
Congratulations sir
Congratulations sir