अर्कना खातुन, काठमाण्डौ, २७ मंसिर । सोमबार देशको विभिन्न जिल्लामा मुस्लिम समुदायका धर्म गुरु पैगम्बर हजरत मोहम्मद मुस्ताफाको १४ सय ३८ औँ जन्मोत्सव हर्षोल्लासका साथ मनाइएको छ । यस अवसरमा मुलुक भर चाँडै शान्ति छाओस् भन्ने उद्देश्य र कामनाका साथ जिल्लामा र्याली निकालियो ।
मोहम्मद जयन्तीको दिन सार्वजनिक विदा दिनुपर्ने, हज कमिटीलाई व्यवस्थित बनाउनु पर्ने तथा मदरसामा पनि अन्य सरकारी विद्यालय सरह शिक्षा प्रदान हुनुपर्ने लगायतका मागहरु सरकारसँग गरे । हुन त केहि वर्ष अघि पनि सरकारले मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिने मुस्लिम संयुक्त संघर्ष समितिसँग सम्झौता गरेपनि कार्यान्यवन नभएको उनीहरुले दुखेसो पोखे ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी अनुसार सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बुबा हजरत अब्दुल्लाह र आमा बिबि आमिनाको सन्तानको रुपमा जन्म भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।


अहले सुन्नत वा जमात अनजुमन इस्लामियाँ कमिटी लगायतको आयोजनामा निकालिएको र्याली रुपन्देहीको भैरहवा गल्लामण्डीबाट सुरु भएको र्यालीले नारायण पथ, बुद्ध चोक, देवकोटा चोक, बैंक रोड लगायतका स्थानको परिक्रमा गरेको थियो ।


त्यसै गरि बाँकेको नेपालगंजमा पनि विशाल र्याली प्रदर्शन गरेका थिए । गौसिया मस्जिदबाट निकालिएको सो र्यालीमा बाँके जिल्लाको विभिन्न गाविसका मुस्लिम समुदाय हजारौको संख्यामा सहभागि भएका थिए । निकालिएको र्यालीमा संविधान सभाका सदस्य हाजी अब्दुल हमीद सिद्धिकि, जामा मस्जिदमा निर्वातमान अध्यक्ष अब्दुल रहमान मिया, हज समितिका पूर्व अध्यक्ष मौलाना अब्दुल जब्बार मन्जरी र हज समितिका सदस्यहरु, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एंव मुस्लिम समूदायका अगुवा मोहम्मद हारुन तथा मुस्लिमका हितमा रहि कार्य गदै आएका अन्य अगुवाहरु लगायत थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खान पनि थिए ।
नेपालगंजको विभिन्न चोकहरुको परिक्रम गर्दै बिरेन्द्र चौकमा पुगेको र्यालीलाई नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एंव मुस्लिम समूदायका अगुवा मोहम्मद हारुनले सम्पूर्ण नेपालीलाई शुभ कामना सन्देश दिँदै देशमा शान्तिको कामना गर्नु भयो । मुस्लिम समूदायको मागहरुलाई सरकारले बेवास्ता गरेको भन्दै र्यालीमा सहभागि मुस्लिमहरुले बिरोध स्वरुप कालो पट्टी बाधे तर शान्तिपूर्वक र्याली प्रदर्शण गरे । जामा मस्जिदका मुफती सबिहुल हसन मिस्बाहीले संसारमा इस्लाम धर्म फैलाउने हजरत पैगम्बरको स्मरणमा सो र्याली निकालिएको बताउनु भयो । मोहम्मदले देखाएको बाटोमा हिडन सक्ने शक्ति सबैलाई मिलोस भनी कामना गर्नु भएको थियो ।



यता बिराटनगरमा पनि मुस्लिम समुदायका बुद्धिजिवी तथा अगुवाहरुले देशमा सबैका हक हितमा शान्ति आओस् भँदै र्याली प्रदर्शन गरे । त्यहाँका बुद्धिजिवीहरुले पनि यस दिनलाई सार्वजनिक बिदा नतोकिएकोले सरकारलाई गुनासो पोखे । हजरत मोहम्मदको जन्मजयन्ती संसार भरिका मुस्लिम समुदायहरुले विभिन्न कार्यक्रम गरि मनाउँदै आईरहेका छन् ।



