
हुलाकी न्यूज, जनकपुरधाम २७ मंसिर । सरसफाई गरिरहँदा पक्राउ परेका डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका १७ कार्यकर्ताहरुमध्ये दुई जना हिरासतभित्रै अनसन सुरु गरेका छन् ।
गैरकानूनी तरिकाले गैरन्यायिक हिरासतमा राखेका भन्दै स्वतन्त्र मधेश गठबन्धनका दुई जना कार्यकर्ता संजयकुमार यादव र उपेन्द्र रोहिताले बिहीबारदेखि नै अनसन सुरु गरेका छन् ।
अनसनको आज ५ दिन भइसकेको छ । अनसनका कारण दुवै जनाको स्वास्थ्य अवस्था दिनप्रति दिन बिग्रिदै गएको स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. राउतले जनाएका छन् ।
पक्राउ परेका स्वतन्त्र मधेशका गठबन्धनका कार्यकर्तालाई हिरासतभित्र यातनासमेत दिइरहेको डा. राउतले जनाएका छन् ।



