kusti
रबिन्द्र प्रताप गुप्ता, भैरहवा २७ मंसिर ।
लोपोन्मुख खेल कुस्ती तथा विरहाको संरक्षण गर्ने उद्देश्यले रुपन्देहीको छोटकी रामनगर गाविस वडा नं. ६ स्थित मझौली चौराहामा अन्तर्राष्ट्रियस्तरको विराट दगंल कुस्ती प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको उदघाटन गर्दै रुपन्देही क्षेत्र नं. १ का सांसद अब्दुल रज्जाकले कुस्ती खेल नेपालकै पहिचान भएकोले यसको संरक्षण गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

उनले गत वर्ष देखि कुस्ती प्रतियोगिता आयोजना गर्दै आएको बजंरग समितिको प्रशंसा गर्दै यस खेलको विकासको लागि आफ्नो क्षेत्रबाट पहल गर्ने बताए ।

कुस्ती प्रतियोगितामा नेपाल, भारत लगायत बांग्लादेश र पाकिस्तानका पहलमानहरुको सहभागिता रहने बजंरग समितिका संरक्षक देवेन्द्र पाण्डे सागरले बताए ।

प्रतियोगितामा नेपालका नागा बाबा, राजु थापा, भारतका उमाशंकर यादव, भुरा सिहं, पथ्थर सिहं सहित २२६ जना पहलमानहरु भिड्ने उनले बताए ।

प्रतियोगिताको बेस्ट पुरस्कार मोटरसाइकल, प्रथम पुरस्कार ५० हजार १ सय रुपैया, द्वितीय पुरस्कार एलसिडी टि.भी., तृतीय पुरस्कार साइकल तथा ५ हजार नगद तथा सान्त्वना पुरस्कार टी–सर्ट लगायतका अन्य पुरस्कार राखिएको आयोजकको भनाई छ ।

त्यस्तै दोस्रो दिनको कुस्ती खेलको उदघाटन रुपन्देहीका सासंद इस्तियाक अहमद खान र तेस्रो दिन अर्थात फाइनल खेलको समापन चर्चित अभिनेत्री तथा नयाँ शक्ति नेपालकी केन्द्रीय कार्यकारी सदस्य करिश्मा मानन्धरले गर्ने प्रतियोगिताका सञ्चार संयोजक विवेक विश्वकर्माले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.