
हुलाकी न्यूज, काठमाडौं २६ मंसिर । नेकपा एमालेका नेता रघुविर महासेठले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित नहुने ठोकुवा गरेका छन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महासेठले भने, ‘भित्री रुपमा काँग्रेस र माओवादी केन्द्र स्वयमले पनि यो प्रस्ताव पास गर्न चाहेको छैन ।’
उनले तत्काललाई संशोधन प्रस्तावलाई स्थगित् गरेर दलहरुवीचको व्यापक सहमतिका माध्यमबाट संसदमा रहेका अन्य विषयहरु महाअभियोगको प्रस्ताव, निर्वाचनसम्बन्धीका ऐन तथा कानूनहरु पारित गर्ने लगायतमा केन्द्रित भएर अघि बढे संसद भोलिदेखि नै सूचारु हुने विश्वास व्यक्त गरे ।
उनले संविधान कार्यान्वयन हुन नदिनको लागि षड्यन्त्र गरेर संविधान संशोधनरुपी प्रस्ताव ल्याईएको आरोप लगाए । उनले भने,‘यो संशोधन प्रस्ताव कुनै हालतमा जनताको हितमा छैन, प्रस्ताव ठिक छैन ।’।
उनले अहिलेको संशोधन प्रस्ताव अनुसार नागिरकताको प्रावधान रहे मधेशका रैथानेहरु विस्थापित हुने समेत चिन्ता व्यक्त गरे । उनले भने,‘जन्मसिद्ध नागरिकता लिनेका छोराछोरीहरुलाई नागरिकता लिनको लागि अहिलेपनि समस्या छ, त्यतातिर कसैको ध्यान नजाने, अनि अंगिकृतमा किन बढि मोह ?’
उनले आफ्नो पार्टी जहिलेपनि जनताको हितमा रहेको उल्लेख गर्दै भने,‘यदि यो प्रस्ताव केपी ओलीले हस्ताक्षर गरेकै हो नि भनेर प्रश्न गरिन्छ भने किन जस्तातस्तै प्रस्ताव आएन ?’ उनले सहमतिबाटै प्रस्ताव स्थगित् गर्नुपर्नेमा जोड दिए ।
महासेठले संशोधन प्रस्ताव परिमार्जन नभएपनि मधेशी मोर्चा अन्तिममा प्रस्तावको पक्षमा जाने आरोप लगाए । उनले भने,‘फेस सेभिङ्को लागि मोर्चाका नेताहरुले यो कुरा गरिरहनुभएको छ ।’




yehane madhesh ke neta ke karan ………………………………….Barbad chai nepal.