
मनिष गुप्ता, कपिलवस्तु २६ मंसिर । तराई–मधेश लोकतान्त्रिक पार्टीले मुलुकभर सदस्यता नवीकरण र वितरण अभियानलाई तीव्र बनाएको छ ।
तमलोपाले मंसिर १ गते बाटै मुलुकभर “बृहत राजनीतिक शक्ति निर्माण, तमलोपा सदस्यता अभियान” भन्ने मुल नाराका साथ सदस्यता वितरण र नवीकरण सुरु गरिएको छ ।
अभियानअन्र्तगत जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ का चार हजार बढी सदस्यलाई सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान गरिएको पार्टीका केन्द्रीय सदस्य तथा पूर्व भौतिक योजना राज्यमन्त्री ईश्वर दयाल मिश्रले बताए ।
उनले सो निर्वाचन क्षेत्रको भिल्मी, कुशहवा र हर्दौना सहित आधा दर्जन गाबिसमा सदस्यता बितरण र नविकरण सम्पन्न भएको मिश्रले जानकारी दिए ।
मंसिर महिना सम्म हुने नबिकरण र बितरण गरिने सदस्यता अभियान महाराजगंज, बलरमवापुर र भलवारी लगायतका गाबिसमा सुचारु रहेको जनाउदै थुनिहा, लालपुर, मानपुर र कजरहवा लगायतका गाबिसमा तत्काल अभियान शुरु गरिने उनले जानकारी दिए ।
सदस्यता बितरण तथा नविकरणमा आफनो क्षेत्रमा उत्साहजनक सहभागीता रहेको जनाउदै उनले आफु सबै गाबिसमै पुगेर अभियान सफल बनाउन लागी परेको बताए ।
अभियानका क्रममा संघिय समाजबादी फोरम, नेपाली काँग्रेस र राप्रपाका कतिपय नेता कार्यकर्ता तमलोपा प्रबेश गरेको केन्द्रिय सदस्य मिश्रले जानकारी दिए ।
यसै गरी तराई मधेशका हरेक जिल्लाहरुमा सदस्यता अभियानलाई तिब्रता दिईएको मिश्रले जानकारी दिए ।



