mahottari
हुलाकी न्यूज, महोत्तरी २६ मंसिर ।
लैंगिक हिंसा मुक्त विद्यालयको वातावरण विषयक चित्रकला प्रतियोगिता महोत्तरीमा छात्राहरुले अग्रता हासिल गरेकी छन् ।

कार्यक्रममा प्रथम, द्वितिय, तृतिय, सान्त्वना र विषय वस्तुको राम्रो बुझाईमा स्थान ग्रहण गर्न सफल छात्र छात्राहरु मध्ये प्रथम, द्वितिय र तृतिय स्थान ओगट्न छात्राहरु सफल भएकी छन् भने छात्रहरुले वेष्ट थिम र सान्त्वना पुरस्कारमा चित्त बुझाउनु परेको छ ।

प्रतियोगितामा प्रथम स्थान शिशु ज्ञान निकुञ्ज कि छात्रा नुतन चौधरी, द्वितिय साउथ एसियन ई.बो.स्कुल कि छात्रा सिरोजा मल्लिक र तृतिय स्थान महेन्द्र आदर्श महिला माध्यमिक विद्यालय कि छात्रा राधा गुप्ताले हासिल गरेकि छिन् ।

सम्भव शुन्य सहिष्णुता कार्यक्रम अन्तर्गत १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान तथा ६८ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसलाई लक्ष्ति गरि आयोजना गरिएको सो कार्यक्रम मा पुरस्कृत छात्र छात्राहरुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक नल प्रसाद उपाध्यायले पुरस्कार वितरण गर्दै उनको उज्जवल भविष्यको कामना समेत गरेका थिए ।

त्यसतै सान्त्वना पुरस्कार साउथ एसियनका मनिष कुमार साह र वेष्ट थिममा शिशु ज्ञान कै कृष्ण महासेठ परस्कृत भएका थिए । जलेश्वर स्थित नेपाल पत्रकार महासंघको सभाकक्षमा भएको उक्त प्रतियोगितामा सदरमुकामका १० सामुदायिक र निजी विद्यालयले भाग लिएको आयोजक मानव अधिकार रक्षक संजालका सचिव रंजन भण्डारीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.