rajendra mahato1
हुलाकी न्यूज, धनुषा २४ मंसिर ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो मधेशको माग पुरा हुन नदिनकै लागि नेकपा एमालेले आन्दोलनको षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

प्रेस मञ्च धनुषाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै महतोले एमालेले गरिरहेको आन्दोलनलाई षडयन्त्रको संज्ञा दिए । संशोधनको पक्षमा नउभिएर एमाले राष्ट्रघाति चरित्रको उजागर भएको उनको भनाई थियो ।

एमालेले मधेशको माग पुरा हुन नदिनका लागि आन्दोलन गर्यो भने अब मधेशी जनता एमाले मुक्त मधेशको परिकल्पना गर्ने चेतावनी समेत दिए ।

एमालेको राष्ट्रघाति चरित्रकै कारण वर्तमान उपलब्धि समेत गुमने खतरा तर्फ सबैलाई सचेत गराएका थिए ।

संविधान संशोधनको सवालमा उनले अहिले तयार पारिएको संविधान संशोधनको प्रस्ताव बाट मधेशको सबै माग पुरा हुन नसक्ने भएकाले मधेशी मोर्चा सो प्रस्तावबाट असन्तुष्ट रहेको स्पष्ट पारेका थिए ।

मधेशको सबै माँग सम्बोधन हुन सक्ने संशोधन प्रस्ताव तयार पार्नका लागि मोर्चाले दबाब बनाई रहेको बताए ।

पत्रकारहरुको एक जिज्ञासामा महतोले तराई मधेश लोकतान्त्रिक पार्टी संग पार्टी एकिकरण हुन लागेको चर्चामा मात्रै सीमित रहेको तर एकिकरणका लागि कुनै ठोस कदम अहिलेसम्म अगाडि नढाइएको स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.