
तिवारी यादव, परवानीपुर (बारा) २४ मंसिर । बाराको गाबिस लिपनिमालको वडा नम्बर ३ मा रहेको महालक्ष्मी सोलभेन्ट इन्डस्ट्रिज कम्पनी प्रालि मा शुक्रबार कम्पनीले वार्ता गरेर मजदुरको माग पुरा नगर्दा आन्दोलन गर्ने कि नगर्ने पक्षका लागि कम्पनी भित्र मजदुरहरुले निर्वाचन गरेका छन् ।
मजदुर र व्यवस्थापक बीच भएको मजदुरको माग बीचको कम्पनीले पुरा नगर्दा कम्पनी बन्द गर्ने कि नगर्नमा कम्पनीभित्र समग्र मजदुर ट्रेड युनियन भित्र रहेको २५ जना मजदुरहरु मध्ये २० जनाले निर्वाचनमा मत दिएका छन् ।
श्रम कार्यालय बिरगंजमा श्रम कार्यालयका नासु बिष्णु बहादुर खतिवडा, कम्पनीका ब्यवस्थापनका रामबहादुर यादवको उपस्थितिमा २०७३ साल कार्तिक २५ गते भएको बार्तामा ब्यवस्थापन पक्षले समय मागेकोले मजदुरले दिएको हुँदा पुन २०७३ मङ्सिर १२ गते बार्ता पुरा नहुँदा श्रम ऐन २०४८ को दफा ७४ को नियमअनुसार सामुहिक मागको आज समग्र मजदुर ट्रेड युनियनको ट्रेड युनियन महासंघका बारा जिल्ला सचिव रामतपसी साह, गाविस प्रतिनिधि सम्भु पटेल, अखिल नेपाल क्रान्तिकारीका अन्नपूर्ण भेजीटेबल अध्यक्ष मेजर बहादुर क्षेत्री लगायतको उपस्थितिमा निर्वाचन सम्पन्न गरेका छन् ।
कुल मत २५ जनामा २० जनाले मत खसालेका छन जसमध्ये १९ जनाले आन्दोलन गर्ने पक्षमा मत दिएको र एक जनाले आन्दोलन नगर्ने पक्षमा दिएको मजदुर अर्जुन यादवले बताएका छन ।
उनले भने ‘हाम्रो मजदुरको केहि मागहरु छ जुन हामीले कम्पनीसँग मागेका छौं । कम्पनीले पटक पटक बार्ता गरेर दिन्छौं आश्वासन दिएर पुरा नगर्दा हामी श्रम ऐनका नियमअनुसार आन्दोलन गर्नका लागि निर्वाचनमा मत दिएका छौं । मत अनुसार र श्रम एनको नियम अनुसार निर्वाचन गराएर अब आन्दोलन गर्छौ ।’



