
हुलाकी न्यूज, लण्डन २४ मंसिर । बेलायतको लण्डनमा रहेका मधेशीहरुले स्वतन्त्र मधेशको माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेका छन् ।
बेलायतको इष्टि इण्डिया कम्पनीले दुई सय वर्षअघि मधेशको भुभाग नेपाललाई दिइएको भन्दै उक्त भुभाग फिर्ताको मागर्दै मधेशीहरुले लण्डनमा प्रदर्शन गरेका हुन् ।
लण्डनमा बस्ने मधेशीहरुले उक्त प्रदर्शन गरेको हुलाकी न्यूजलाई बताएका छन् । यसअघि पनि मधेशीहरुले लण्डनमा प्रदर्शन गरेका थिए ।
सन् १८१६ डिसेम्बर ८ मा इष्टि इण्डिया कम्पनीले दुई लाख रुपौंया कर लिने गरी मधेशको कोशी पश्चिम र गण्डक पूर्वको भाग तत्काल गोरखा राज्यलाई दिएको थियो ।





Thanks