aim-madhesh
हुलाकी न्यूज, काठमाडौं २३ मंसिर ।
मधेशलाई नेपालमा गाभ्ने सन्धी (सुगौली सन्धी १८१६) को ठिक दुई सय वर्ष पुगेको अवसरमा स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुले काठमाडौंस्थित ब्रिटिस दुतावास अगाडि प्रदर्शन गरेका छन् ।

‘मधेशको भुभाग फिर्ता गर, सुगौली सन्धी खारेज’ जस्ता नारासहित गठबन्धनका कार्यकर्ताहरुले प्रर्दशन गरेका हुन् ।

दीपक साहको नेतृत्वमा गएको टोलीले दुतावास अगाडि प्रदर्शन गर्नुका साथै बेलायती प्रधानमन्त्रीसहित मुख्य अधिकारीहरुलाई ज्ञापन पत्र पनि बुझाएका छन् ।

मधेशको भुभाग मधेशीलाई फिर्ता गर्नु पर्ने र मधेशीमाथि भइरहेको दमन रोक्न आग्रह पत्रमा गरिएको छ । नेपाल सरकारले सन्धीको उल्लघंन गर्दै मधेशीमाथि भेदभाव गरेको पत्रकार उल्लेख गरिएको छ ।

सन् १८१६ डिसेम्बर ८ तारिखमा भएको सुगौली सन्धीको आधारमा कोसीदेखि पश्चिम र गण्डकभन्दा पूर्वको भाग नेपालमा गाभिएको थियो । जस बापत नेपाल सरकारले इष्टि इण्डिया कम्पनीलाई कर बुझाउँदै आएको थियो ।

aim-madhesh2

2 COMMENTS

  1. यि स्वतन्त्र मधेशको माग गर्नेहरु अव कसको दास वन्ने, दुई शय वर्ष अघि कस्को दास थिए.यी दासवाट कहिले मुक्ति हुने, वेलायत सरकारले नै भन्ने हो?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.