
हुलाकी न्यूज, कैलाली २२ मंसिर । मधेशी/थारुलाई अधिकार नदिने गरी नेकपा एमालेले राष्ट्रघाती कदम चालेको थारु नेताहरुको ठहर छ ।
थरुहट/थारुवान संयुक्त संघर्ष समितिले धनगढीमा बुधबार आयोजना गरेको विरोध रैलीमा थारु नेताहरुले सो आरोप लगाएका छन् ।
थरुहट पक्षधर नेताहरुले नवलपरासीदेखि कञ्चनपुरसम्म एक प्रदेश हुने गरी संविधान संशोधन नभएसम्म आन्दोलन गरिरहने चेतावनी दिएका छन् ।
संविधान संशोधनको नाममा सरकारले भ्रम सिर्जना गर्न लागेको कार्यक्रमका एक वक्ताले बताए । कैलाली, कञ्चनपुरसहितको थरुहट प्रदेश कायम गर्नका लागि जस्तोसुकै बलिदानी गर्न तयार रहेको नेताहरुले उद्घोष गरेका छन् ।
सरकारले अपुरो संशोधन प्रस्ताव ल्याउने र सत्तापक्षले विरोध गरे जस्तो गर्ने यी दुवै कार्य उत्पीडनमा परेका जातिलाई अधिकार नदिने गरी ‘ग्राण्ड डिजाइन’ मा भइरहेको थरुहट आन्दोलनकारीको आरोप छ ।



