
अंकुश श्रीवास्तव, कपिलवस्तु, २१ मंसिर । जिल्लाको बहादुरगंजमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीको पुतला दहन गरेका छ ।
मंसिर १४ गते संशोधन प्रस्ताव दर्ता हुने बित्तिकै एमाले पार्टीले प्रदेश नः५ अखण्ड राख्नुपर्ने मांग गर्दै बुटवल लगायत महेन्द्र राजमार्ग अवरुद्ध पारेको भन्दै सो बन्दको बिरोध स्वरुप मधेशी मोर्चा तथा गठबन्धनले एमाले पार्टीको भण्डाफोर तथा केपी शर्माओलीको पुतला दहन कार्यक्रम मंगलबार कपिलबस्तुको बहादुरगंज चौकमा गरेको छ ।
क्षेत्र नः ५ मा पहाडी जिल्ला समावेश गराई बिष्णु पौडेललाई मुख्यमन्त्री बनाउने ओलीको सपनालाई धक्का दिने संशोधन प्रस्ताव पेश भएको कारणले नै एमालेले बन्दको घोषणा गरेको हो भन्ने बुझाई पुर्व राज्यमन्त्री ईश्वर दयाल मिश्रको रहेको छ ।
पुर्व राज्यमन्त्री मिश्रका अनुसार तीन ठुला दलले मधेशको मांग सम्बोधन नगरि ब्यावस्थापिका संसदको म्याद बढाउनको लागि नै यस्तो संशोधनको षडयन्त्र रचिएको हो ।
उनले एमाले अध्यक्ष ओली यसका मुख्य नायक हुन जसको सिके राउतसंग अन्तरसम्बन्ध रहेको छ, राउतले मधेशलाई बिखण्डित गर्ने कार्यक्रम गर्दै आएको छ भने ओलीले त्यसमा घ्यू हाल्नेकाम गर्दै आएको आरोप लगाए ।
राजमार्गमा चक्काजाम गर्ने कार्य एमाले कार्यकर्ता र त्यसका भातृसंगठन मात्रै रहेको मिश्रको दाबी छ । नेकपा एमालेले गर्दा नै संविधान संशोधन अवरुद्ध भएको तथा बन्द अराजकता बढेको छ, आफ्नो बहुमतको दम्भ देखाउदै आएकोले अहिले देश जटिल मोडमा आईपुगेको सदभावना पार्टीका केन्दीय सदस्य रविदत्त मिश्रको भनाई छ ।
यो भन्दा पहिला बन्द विरोध तथा पुतला दहन कार्यक्रम सदरमुकाम तौलिहवा , महराजगंज भईसकेको छ र अब अन्य बजार तथा चौकमा गरिने जानकारी युवा नेता अजित सिहंले दिएका छन। पुतला दहनमा संघिय युवा मोर्चाका जिल्ला अध्यक्ष अजित सिहं, सदभावना पार्टीका शिवकुमार गुप्ता, राहुल सिहं लगायत मधेशी दलका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।



