forum
हुलाकी न्यूज, सिरहा २१ मंसिर ।
सिरहाको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनका लागि तयार रहन सबैलाई आह्वान गरेका छन् ।

सरकारले दर्ता गरेको संशोधन विधेयकले देशको समस्या समाधान नगर्ने भएकोले आन्दोलनको विकल्प नभएको भन्दै अध्यक्ष यादवले आन्दोलनको सामना गर्न सरकारलाई समेत चेतावनी दिएका छन् ।

सिरहामा ९ सय ७५ जनाको ठूलो समूह संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी सिरहाका प्रभावशाली नेता कार्यकर्ताहरुको ठूलो समूह फोरम नेपाल प्रवेश गरेको हो ।

पार्टी प्रवेश गर्नेमा अधिकांश अञ्चल स्तरीय नेतादेखि क्षेत्रीय उपाध्यक्ष, पूर्व गाविस अध्यक्ष, वडा अध्यक्ष, जिल्ला नेतासम्म रहेका छन् ।

नेकपा एमालेका अञ्चल सदस्य तारणी प्रसाद यादव, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं पूर्व गाविस अध्यक्ष जवाहर यादव, नेकपा एमालेका क्षेत्रीय उपाध्यक्ष प्रफुल्ल सिंह फोरम नेपाल प्रवेश गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.