matrika-yadav
हुलाकी न्यूज, रुपन्देही २१ मंसिर ।
नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्पीडित जनतालाई उपेक्षा गरेको बताएका छन् ।

नागरिक समाज धकधईले रुपन्देहीको धकधईमा आयोजना गरेको बिशाल भण्डाफोर तथा जनसभालाई सम्बोधन गर्दै यादवले ओलीले उत्पीडित पहाडी, मधेशी जनताको उपेक्षा गर्दै मण्डले राष्ट्रबादको वकालत गरेको आरोप लगाए ।

उनले संविधान संशोधन प्रस्तावलाई सकारात्मक रहेको भन्दै उत्पीडित मधेशी, पहाडी समुदायको उत्थान गरी समस्याको समाधान गर्न संसोधन प्रस्ताव आएको भन्दै प्रस्तावको सकारात्मक ब्याख्या गर्न एमालेलाई आग्रह गरे ।

कार्यक्रममा सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारी, नयाँ शक्ति नेपालका जिल्ला संयोजक देवेन्द्र पाण्ड सागर, नेताहरु विनोद उपाध्याय, प्रदिप पाण्डे, राम अवतार यादव, विद्या यादव, जय प्रकाश यादव, उमा शंकर यादव, अनुप बराल लगायतले बोल्दै संसोधन प्रस्ताव आउनु सकारात्मक भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.