abhishek pratap shah
रबिन्द्र प्रताप गुप्ता, भैरहवा २१ मंसिर ।
संघीय समाजवादी फोरम नेपालका उपहासचिव तथा सांसद अभिषेक प्रताप शाहले प्रदेश नं. ५ भइरहेको आन्दोलन राष्ट्रिय हितविपरीत रहेको बताएका छन् ।

नागरिक समाज धकधईले रुपन्देहीको धकधईमा आयोजना गरेको बिशाल भण्डाफोर तथा जनसभालाई सम्बोधन गर्दै सांसद् शाहले अहिले पाँच नम्बर प्रदेशमा भइरहेको आन्दोलनलाई राष्ट्रिय हीत विपरितको संज्ञा दिए ।

उनले भने, ‘जसरी एमालेले संशोधन प्रस्तावलाई राष्ट्रघाती भनेको छ, यो आन्दोलन पनि नेपाली जनताको हितविपरीत छ ।’

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव सकारात्मक भए पनि पूर्ण नभएको शाहले बताए । उनले कैलाली, कञ्चरपुर, झापा, मोरङ, सुनसरी, नवलपरासीका नागरिकहरुको समेत समस्या समाधान गर्ने गरी ल्याइनु पर्ने बताए । संशोधन अर्थपुर्ण हुनुपर्नेमा उनको जोड थियो ।

शाहले सरकारले संसदमा दर्ता गराएको संविधान संसोधन प्रस्तावको विरोधमा एमालेले गरिरहेको आन्दोलन लोकमान विरुद्ध महाअभियोग प्रस्तावसंग बार्गेनिङ्गका लागि भएको बताए ।

एमालेका धेरैजसो नेताहरुलाई अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्धा चलाउने सुइको पाएपछि अहिले त्यही प्रस्ताव पारित गराउनका लागि प्रदेश नं. ५ मा आन्दोलन भइरहेको छ, शाहले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.