forum-nepal
हुलाकी न्यूज, काठमाडौं २१ मंसिर ।
संघीय समाजवादी फोरम नेपालका ९ जना केन्द्रीय नेताहरुले एकैसाथ पार्टी परित्याग गरेका छन् । पार्टीको विभिन्न संगठनको केन्द्रमा रहेर काम गर्दै आएका ९ जना नेताहरुले संयुक्त रुपमा पार्टी परित्याग गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै नेताहरुले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर भएको र नेताहरुको कार्यशैलीमा तानाशाही प्रबृत्ति देखिएको भन्दै आरोप लगाएका छन् । पार्टी परित्याग गर्नेहरुमा वीरेन्द्रबहादुर बोगटी, टोपबहादुर ओली, हेमन्त मान्डव्य, ओमकृष्ण प्रसाई, राजेन्द्र खनाल, प्रकाश अधिकारी, शंकर रोकामगर, मानबहादुर धामी र बलवीर नेपाली रहेका छन् ।

संयुक्त पार्टी परित्याग
मिति : २२ मंसिर, २०७३ ।

वर्तमान समयमा संविधान संस्थागत एवं कार्यान्वयन आजको मुख्य आवश्यकता हो । बहुल राष्ट्रियतायुक्त नेपालको जातीय सद्भाव कायम गर्दै सामाजिक र राजनीतिक रुपमा एकताबद्ध भई अघि बढ्नुपर्ने आजको अपरिहार्यता रहेको छ । साथै, नेपाली जनताको पटक–पटकको ऐतिहासिक जनआन्दोलनहरुद्वारा प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, पूर्ण समानुपातिक र समोशीकरणको सफल कार्यान्वयन गर्दै आर्थिक सम्वृद्धितिर जानुपर्ने आवश्यकता रहेको छ । अहिले संविधानको व्यवहारिक कार्यान्वयनमा देखिएका समस्यालाई समाधान गर्न आवश्यकता र औचित्यका आधारमा संशोधन गर्दै जान सकिने सबल पक्ष रहँदारहँदै राजनीतिक स्वार्थको निम्ति संघीय समाजवादी फोरमले संविधान संशोधनलाई समेत अस्वीकार गरिरहेको छ ।

वास्तवमै वर्तमान सयमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै सबै प्रकारका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक र लैंगिक विभेदको अन्त्य गर्न आपसी छलफल, बहस र निकाष खोज्ने सकिने अवस्था रहँदारहँदै पनि संघीय समाजवादी फोरमका उपमहासचिव अभिषेक प्रताप शाहले मधेस प्रदेश टुक्राएर अलग राज्य बनाइनुपर्ने अभिव्यक्ति दिइरहँदा मधेस आन्दोलन र सिंगो आदिवासी जनजाति आन्दोलन र संघीयताको सफल कार्यान्वयनमाथि हेर्ने दृष्टिकोणमा समेत नकारात्मक असर परेको छ ।

अझ संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संकीर्ण सोचका साथ पार्टी सञ्चालन गर्ने, जथाभावी आफ्ना स्वार्थसँग सहमत हुन नसक्ने नेता तथा कार्यकर्तालाई कार्वाही गरी निष्काशन गर्ने शृंखला नरोकिएका र कार्यकर्तालाई नोकर सोसरह व्यवहार प्रदर्शन गर्ने भएकाले पनि हामी संघीय समाजवादी फोरमका विभिन्न समितिअन्तर्गत क्रियाशील रहेका निम्न केन्द्रीय समितिमा रहेका नेताहरुले आजैको मितिबाट साधारण सदस्यसमेत नरहने गरी परित्याग गरेका छौं ।
संघीय समाजवादी फोरम परित्याग गर्नेहरु ः
१. वीरेन्द्रबहादुर बोगटी
२. टोपबहादुर ओली
३. हेमन्त मान्डव्य
४. ओमकृष्ण प्रसाई
५. राजेन्द्र खनाल
६. प्रकाश अधिकारी
७. शंकर रोकामगर
८. मानबहादुर धामी
९. बलवीर नेपाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.