aatmaram-prasad-sah
हुलाकी न्यूज, बारा २० मंसिर । पूर्वसभासद् आत्मारामप्रसाद साहसहित करिब पाँच सय नेता कार्यकर्ता उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

फोरम नेपाल बारा जिल्ला कमिटीले सोमबार गंजभवानीपुरमा आयोजना गरेको एक कार्यक्रममा पूर्वसभासद् साहसहित कांगेस, एमाले, माओवादी केन्द्र लगायतका नेता कार्यकर्ता फोरममा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई माला र अबीर लगाई स्वागत गर्दै अध्यक्ष यादवले मधेशमा दुई प्रदेश र पूर्ण समानुपातिक समावेशिताको सुनिश्चितता नभएसम्म संविधान अधुरो रहेको र त्यसलाई मधेशी जनताले नमान्ने ठोकुवा गरे ।

सरकारले मधेशी मोर्चासँग छलफल नै नगरी संविधान संशोधन विधेयक ल्याएको प्रति ईङगीत गर्दै यादवले भने, ‘प्रचण्ड ज्युलाई मधेशको अधिकार सुनिश्चित गर्न हामीले समर्थन गरेका हौं, तर उनले फेरि धोका दिए र आफ्नो मनजफ्ति विधेयक ल्याए ।’

पूर्वसभासद् साह यसअघि पहिलो संविधानसभामा मधेशी जनअधिकार फोरम नेपालबाट समानुपातिकबाट सभासद् भएका थिए । हाल उनी जेपी गुप्ता नेतृत्वको तराई मधेश राष्ट्रिय अभियानमा गुप्ता पछि दोश्रो तहको नेता थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.