bikash-tiwari

अर्कना खातुन,  राजविराज, १९ मंसिर ।  बारमबारको अनशनले सरकारको कमजोर पक्ष पुष्टि भएको डा.केसीको १० औं अनशनले जनाइसकेको छ । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै २२ दिन आमरण अनशन बसेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा.गोबिन्द केसीको मागहरु पूरा गर्न सरकारी पक्षसँग आइतबार बिहान १२ बुँदे सहमति पत्रमा हस्ताक्षर पछि तोडेको अनशन पनि अझै पूर्ण सहमती जनाएका छैनन् डा.केसीले ।

डा.केसीले सबै जनताको हकमा हुने गरि अनशन बस्न बाध्य बने त्यसै गरि अर्को तर्फ सप्तरी जिल्लाको गोइठीका गजेन्द्रवादी सदभावना पार्टीका अध्यक्ष बिकास तिवारी १३ दिन देखि आमरण अनशनमा बसेका छन् । सप्तरी स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधार माग गर्दै उनी अनशनमा बसेका हुन् । तिवारीको स्वस्थ्य अवस्था नाजुक बँदै गइरहेको हुँदा पनि सरकारको ध्यान गएको छैन् । शरीरमा पानीको मात्रा कम भई स्वास्थ्य नाजुक भएपछि शनिबारबाट स्लाइन चढाउन थालिएको छ ।

उनले भने, रितिएको अस्पताल मात्रै छ । न सेवा छ न केहि उपकरण नै छ । दरबन्दी छ तर डाक्टर छैन् । सुविधाको नाममा केहि नभएको मात्र नामको अस्पताल छ । राजनीतिक दल, नागरिक समाजले पटक पटक आवज उठाए पनि यस अस्पतालको सेवा सुधारको कुनै छाँट नदेखिएपछि उनी अस्पताल परिसरकै पिपल रुखमुनी आमरण अनशन बसेका हुन् । तिवारी भन्छन्, ‘दुखदको कुरा यो छ १३ दिन बितिसक्दा पनि न अस्पताल प्रसाशन न सरकार कसैको चासो देखिएन् ।

अस्पतालमा आउने बिरामीलाई डाक्टरहरुले निजी अस्पतालमा रिफर गर्ने गरेका छन् । उनी भन्छन्, ‘गरिब विपन्न गाउँबाट सस्तो र गुणस्तरीय सेवाको आश पालेर आउने गरिव जनता निजी अस्पतालको चर्को उपचार बोझबाट कहिलेसम्म बोझिने र ? सरकारले यी वर्गका लागि गरिएको ब्यवस्थाको सुविधाको लाभ उनीहरुले पाउँने उचित ब्यवस्था होस्।’

शनिबारबाटै तिवारीको अनशनलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले समर्थन जनाएको छ । राजविराजको सरकारी अस्पतालमा उपलब्ध सेवा सुविधा जनतासम्म पुगोस, व्याप्त अनियमितताको छानबिन होस् भन्दै तिवारी १३ दिनदेखि अनशनरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.